Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रका दर्जनौं संस्थाका पदाधिकारी पदमुक्त

    स्वास्थ्य क्षेत्रका दर्जनौं संस्थाका पदाधिकारी पदमुक्त


    काठमाडौं । सरकारले अध्यादेशमार्फत स्वास्थ्य क्षेत्रका प्रमुख निकायहरूमा नियुक्त पदाधिकारीलाई व्यापक रूपमा पदमुक्त गरेको छ।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले शनिबार विश्वविद्यालयसम्बन्धी, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी गरेका हुन्।

    अध्यादेश लागू भएसँगै विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य संस्थामा अघिल्लो सरकारले नियुक्त गरेका उपकुलपति, रजिष्ट्रार, अध्यक्षलगायतका पदाधिकारी स्वतः पदमुक्त भएका छन्।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान का उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेत, रेक्टर डा. लोचन कार्की, रजिष्ट्रार डा. ज्ञानेन्द्र शाह र डिन डा. अशेष ढुंगाना हटाइएका छन्।

    त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा. विक्रमप्रसाद श्रेष्ठ, रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलाई पनि पदबाट हटाइएको छ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा. बुद्धिप्रसाद पौडेल, रेक्टर डा. सिर्जना श्रेष्ठ, रजिष्ट्रार डा. पारसप्रसाद आचार्य, डिन डा. नेविशमान सिंह प्रधान र अस्पताल निर्देशक डा. रवि शाक्य पदमुक्त भएका छन्।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा. पुजनकुमार रोकाय, रेक्टर डा. डबलबहादुर धामी र रजिष्ट्रार डा. लक्ष्मीचन्द्र महत पनि पदमुक्त भएका छन्।त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा. भरतबहादुर खत्री तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का रजिष्ट्रारसहित पदाधिकारी हटाइएका छन्।

    शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र का कार्यकारी निर्देशक डा. रवि मल्ल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल का अध्यक्ष तथा कार्यकारी निर्देशक पनि पदमुक्त भएका छन्।यसैगरी चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित चार निर्देशक, नेपाल मेडिकल काउन्सिल का अध्यक्ष डा. चोपलाल भुसालसहित सदस्यहरू, नेपाल नर्सिङ परिषद् का अध्यक्ष मुनाकुमारी थापा, रजिष्ट्रार शुक्ला खनालसहित सदस्यहरू पनि हटाइएका छन्।

    त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् का अध्यक्ष डा. नारायणविक्रम थापा र सदस्य सचिव डा. प्रमोद जोशी, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल स्वास्थ्य व्यवसायी परिषद् का पदाधिकारीहरू पनि पदमुक्त भएका छन्।स्वास्थ्य बीमा बोर्ड का अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीसहित ७ जना सदस्यलाई पनि पदमुक्त गरिएको छ। यसअघि कार्यकारी निर्देशक पद खाली रहेको बोर्डमा मन्त्रालयबाट काजमा पठाइएका डा. कृष्णप्रसाद पौडेललाई समेत फिर्ता बोलाइएपछि अहिले बोर्ड नेतृत्वविहीन बनेको छ।अध्यादेशका कारण स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा व्यापक नेतृत्व परिवर्तन भएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    Techie IT