Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठमुग्लान विशेषवैदेशिक रोजगारीमा ठगी : पाइलैपिच्छे रकम लिएको गुनासाे

    वैदेशिक रोजगारीमा ठगी : पाइलैपिच्छे रकम लिएको गुनासाे


    काठमाडौं/ ५ असाेज वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जानेलाई सहजीकरण गरिदिने नाममा विभिन्न व्यक्तिले सेवाग्राहीसँग पाइलैपिच्छे रकम लिएको गुनासो आउने क्रम बढेकोप्रति विभागको ध्यानाकर्षण भएको जनाएको हो ।

     विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विभाग तथा मातहत कार्यालयमा कार्य सहजीकरणको नाममा तोकिएको शुल्कभन्दा बढी पैसा लिने गरेको गुनासो आएको हुँदा सेवालाई रसिदभन्दा बढी पैसा नतिर्न आग्रह गर्नुभयो ।
    उहाँका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्ने श्रम प्रतिनिधि, बिचौलिया र श्रम कार्यालयवरपर रहेका साइवरहरूले श्रमिकसँग श्रम स्वीकृतिबापत वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र म्यादी बिमाबापत बुझाउनुपर्ने रकमभन्दा दोब्बरभन्दा बढी रकम लिने गरेको पाइएको छ । विभागका महानिर्देशक खत्रीले बिचौलिया र साइबर सञ्चालकलाई विभागका टोलीले निगरानी बढाइरहेकाले ठगीको प्रमाण भेटिनेबित्तिकै कानुन अनुसार कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चाहिने आवश्यक सेवा सहज रूपमा कार्यालयबाट लिन सकिने भएकाले अनावश्यक रूपमा बिचौलियासम्म गएर ठगीमा नपर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने क्रममा कुनै विषयमा केही दुविधा भएमा विभागको कार्यालयको सहायता कक्षमा गएर सबै प्रकारका सेवाबारेमा बुझ्न सकिन्छ, विदेश जाँदा केमा के कति खर्च लाग्छ भन्ने कुरा पनि सेवाग्राही आफैँले बुझ्नु पर्छ ।” यहाँ त सरकार कर्मचारीभन्दा बिचौलियाको बढी विश्वास मान्ने र उनीहरूकै लहैलहैमा लागेर बिनाप्रमाण धेरै पैसा बुझाउने र पछि ठगिए भनेर आउने सेवाग्राही बढी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सेवाग्राहीलाई कार्यालयसम्म आउन सम्भव नभए पनि वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनलाइनबाट पनि सेवा शुल्कबारे बुझ्न सकिन्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT