विदेशी कम्पनीको माग अनलाइनमै हेर्न मिल्ने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरु अहिले माग (डिमान्ड)हरुबारे जान्न म्यानपावरमा चाहार्न बाध्य छन्, अब भने त्यसो गर्नुनपर्ने भएको छ । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ ।
विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुन देशका कुन कम्पनीका कस्ता कामका लागि माग आएका छन् भन्ने अब विभागको अनलाइन https://foreignjob.dofe.gov.np/मा हेर्न सकिने बताए ।
‘दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भईरहेको छ,’ भुसालले भने,’ अब विदेशमा जान चाहेको काम र सीपको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्छ ।’
वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरु अब दलालले दिएको आश्वासनको भर पर्नु नपर्ने उनले बताए । विभागको वेबसाइटमा गएर काम, दाम, कामदार लैजाने कम्पनी, पठाउने म्यानपावर एजेन्सी सबैको विवरण प्राप्त गर्नेछन् ।
हाल म्यानपावर कम्पनी र दलालहरुले कामदारलाई विभिन्न आश्वासन दिएर पासपोर्ट र रकम होल्ड गर्ने क्रम बढेको छ ।
यस्तो अवस्थामा कामदारले आफू जान लागेको देश, कम्पनी वा पठाउने म्यानपावरको पूर्व श्रम स्वीकृतिको विवरण विभागको वेबसाइटमा गएर सजिलै छड्के जाँच गर्न सक्छन् । यसबाट ठगी नियन्त्रणमा महत्वपूर्ण सफता मिल्ने आशा सरकारको छ ।
आफू जान लागेको काम कुन प्रकृतिको हो, कति न्युनतम् तदलब ब्यारेन्टी गरिएको छ, भनेजस्तै सुविधा छ/छैन लगायतका विवरण हेर्न सकिने गरी यो प्रविधिको विकास गरिएको छ ।
यस्तै कुनै देश छनेट गरे त्यस देशका लागि कुन म्यानपावरमा कति जनाको कस्तो प्रकतिको माग आएको भन्ने पनि पत्ता लगाउन सकिने छ । यसबाट कामदारलाई पर्याप्त लाभ मिल्ने विश्वास सरकारको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस