Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिरेक्जोनको अध्यक्षमा पुनः मिश्र

    रेक्जोनको अध्यक्षमा पुनः मिश्र


    काठमाडौं । धार्मिक सास्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) को पहिलो अधिवेशनले पूर्णपसाद मिश्रलाई अध्यक्ष पदमा चयन गरेको छ । यसअघिको तदर्थ समितिमा अध्यक्ष रहेका मिश्र शनिवारको अधिवेशनपछि दोहोरिएका हुन् ।

    पूर्व राज्यमन्त्री दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा समाजसेवी कोमल लामिछाने, सीआईएन रेडियो नेटवर्कका दीपक आचार्य, वास्तुशास्त्री शिवप्रसाद पोखरेल, सूचनाको हकका लागि राष्ट्रिय अभियानका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीलगायतले आआफ्ना धारणा राखेका थिए ।

    पशुपतिको आनन्द धर्मशालामा आयोजित अधिवेशनबाट पूर्ण प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।राससमा कार्यरत मिश्रको अध्यक्षतामा १३ सदस्यीय समाजको उपाध्यक्षत्रयमा बिनु श्रेष्ठ (द राइजिङ नेपाल), अर्जुन लामिछाने (गौरी मासिक), सीके चौंलागाईं, महासचिवमा किशोरप्रसाद ढुंगेल (अलायन्स खबर), सचिवद्वयमा जयराम सापकोटा र रामचन्द्र दुलाल रहेका छन् । यस्तै कोषाध्यक्षमा मनीषा पोखरेल र सहकोषाध्यक्षमा हरिशरण तिमिल्सिना रहेका छन् ।

    यस्तै नवनिर्वाचित कार्यासमितिको प्रथम बैठकले धार्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरेको छ । निर्वाचन लगतै बसेको बैठकले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष मिश्रले जानकारी दिनुभयो । अक्षयकोषका लागि समाजसेवी तथा धार्मिक व्यक्तित्व कोमल प्रसाद लामिछानेले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गर्नुभएको छ । ६ महिना अघि गठित तदर्थ समितिको अधिवेशन भई पूर्ण समिति गठन हुँदाका बखत नै अक्षयकोष स्थापना हुनु र यसको लागि सहयोगको समेत ढोका खुल्नुले थप उर्जा बढाएको पत्रकारहरुको भनाई छ । समाजले धार्मिक क्षेत्रमा रहेर कर्म गर्ने पत्रकारहरुको हक हितमा कार्य गर्नेछ । अधिवेशनको उद्घाटन महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दिपक प्रकाश बाँस्काेटाले गर्नुभएकाे थियाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT