Techie IT
  • The Film Nepal
  • २०८३ कार्तिक ५ बुधबार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो : विष्णु पौडेल

    वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो : विष्णु पौडेल


    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।

    वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबीसमेत गरे।

    संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन? भन्दै प्रश्नसमेत गरे।

    उनले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे। वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाइ थियो। उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्‍याए।

    उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसद्को अंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज बडादसैँको महानवमी: सिद्धिदात्री देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको भीड

    काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आश्विन

    यस वर्ष दुई दिन महाअष्टमी मनाइने: कात्तिक १ र २…

    काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भएकाले कात्तिक १ र २ गते दुवै दिन

    लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ

    काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ

    सिन्धुलीमा टाटासुमो मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो; तीन महिलाको मृत्यु, तीन…

    सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ। आइतबार बिहान करिब २:३०

    आज बडादसैँको महाअष्टमी: देशभर शक्तिस्वरूपा महागौरी देवीको पूजा आराधना गरिँदै

    काठमाडौँ — नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल

    नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज पद तथा गोपनीयताको…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण र पदबहाली गर्दैछन्।

    Techie IT