इजरायली सेनाद्वारा विपिन जोशी जीवित नरहेको परिवारलाई जानकारी
काठमाडौं । इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ ।इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।
उक्त जानकारी इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई जोडेर गरिएको भिडियो सम्मेलनमार्फत दिइएको हो ।
राजदूत पण्डितका अनुसार, आइडीएफले परिवार र दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा ‘वि हिज नो मोर’ भन्दै विपिनको मृत्युको पुष्टि गरेको हो ।
टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’ अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो । राजदूत पण्डितका अनुसार, इजरायली अधिकारीहरूले अब विपिनको मृत्युबारे थप विवरण र प्रमाणिकरण प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । नेपाल सरकारले यसअघि नै विपिनको खोजी र उद्धारका लागि इजरायल सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस