Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १८ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारबागमती प्रदेश सरकारले किसानका समस्या समाधानका लागि ध्यान दिएर लागेको छ – प्रदेश मन्त्री पौडेल

    बागमती प्रदेश सरकारले किसानका समस्या समाधानका लागि ध्यान दिएर लागेको छ – प्रदेश मन्त्री पौडेल


    ललितपुर/२९ कातिक: बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले बागमती प्रदेश सरकारले किसानका समस्या समाधानका लागि ध्यान दिएर लागेको छ भन्नुभएको छ।
    ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २८ ओैं स्थापना  दिवसको अवसरमा गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलमा आज आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री पौडेलले काठमाडौं उपत्यकालाई दुग्ध उत्पादन आपूर्ति दोस्रो गर्ने दोस्रो महत्त्वपूर्ण जिल्ला ललितपुर रहेको भन्दै यहाँका किसानहरुको हकहीतका लागि ध्यान दिएर काम गर्ने धारणा राख्नुभयो।

    “दुग्ध,उत्पादन दक्षिण ललितपुरको जिविकोपार्जनको महत्त्वपूर्ण माध्यम हो, दुग्धजन्य उत्पादनको बिक्री गरेर किसानले पाउन नसकेको भुक्तानीको समस्या समाधानका लागि प्रदेश सरकारले ध्यान दिएर काम गर्छ, किसानको हीतका लागि ध्यान दिएर मागलाई सम्बोधन गर्नेगरि आगामी वर्षको बजेट निर्माण गर्छौं, दक्षिण ललितपुरको दुग्ध व्यवसायको लागि आवश्यक पर्ने मुख्यमुख्य सडक निर्माणलाई हामी जोड दिएर अगाडि बढ्नेछौँ।” उहाँले भन्नुभयो।

    प्रदेश मन्त्री पौडेलले भदौ २३ गतेको विद्रोह र भदौ २४ गतेको विध्वंसले केन्द्रीय सरकारका अनुदान काटिएकोले यस वर्ष चाहेरै पनि धेरै काम गर्न नसकिएको हो भन्दै कृषि पेशामा संग्लग्न हुने सबैको सल्लाहमा बजेट निर्माण गर्छौं भन्नुभयो।
    उहाँले अहिले आम जनतामा भदौ २३ र २४ गतेको विद्रोह र विध्वंसप्रति जनतामा अन्यौलता रहेको भन्दै नवयुवा जेड जेड समूहको आन्दोलनमा विभिन्न स्वार्थ समूहले भड्काएर नेपालमा नेपालको स्वाधीनता र परराष्ट्र नीतिमाथि समेत असर पारेको बताउनुभयो।

    कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले देशलाई आर्थिक रुपमा सशक्त बनाउन गाउँ बसेर कृषि व्यवसायलाई समृद्ध बनाउन लाग्नुपर्ने बताउँदै दिंदै उत्पादनमा क्रियाशील किसानलाई सम्मान गरेर प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले किसानले उत्पादन गरेको दूध उद्योगीहरुले प्रशोधन गरेर बजारमा पठाएपछि छ महिनासम्म पनि किसानले पैसा नपाउने अवस्थाको अन्त्य गरिनुपर्ने भन्दै यसका लागि सम्बन्धित व्यवस्थापन पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो। अध्यक्ष लामाले कृषि पेशा सम्मानित पेशा भएको बताउँदै युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो।

    राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले दुग्धजन्य उत्पादनमा ललितपुरको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले नेपाल दुग्धमा आत्मनिर्भर हुने अवस्था रहेको भन्दै यस क्षेत्रमा भएका समस्या समाधानका लागि किसान, सहकारी र सरकारको संग्लग्नतालाई व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले दुग्ध उत्पादन गर्ने किसानहरुको भुक्तानीमा आएको समस्यालाई समाधान गर्नका लागि संघ र प्रदेश समन्वय गरेर गम्भीर रुपमा अगाडि बढ्ने बताउनुभयो।
    बागमती प्रदेश दुग्ध विकास वोर्डका उपाध्यक्ष हरि पौडेलले संघलाई सदस्य केन्द्रीत भएर किसानमैत्री सेवा प्रवाह गर्न आग्रह गर्दै प्रदेश दुग्ध विकास वोर्डले संघलाई दुग्धजन्य पदार्थको बजारीकरणको अधिबृद्धिका लागि सहयोग, समन्वय र सहकार्य गर्ने बताउनुभयो।
    दुग्ध विकास संस्थानका महाप्रबन्धक संजिव झाले भविष्यमा यस भेगका ग्रामीण क्षेत्रका किसानहरूलाई लाभ पुर्‍याउने गरि काम गर्ने बताउँदै यस संघसंग समन्वय गरेर दुग्धजन्य व्यवसायको प्रवर्द्धनका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

    संघका पूर्वअध्यक्ष खोमप्रसाद घिमिरेले ललितपुर जिल्लाको दुग्धजन्य पदार्थको बजारीकरण गर्ने सन्दर्भमा सहकारी संघको स्थापना गरी किसानको आर्थिक सामाजिकस्तरलाई उकास्ने प्रयत्न गरिएको बताउनुभयो। उहाँले सुरुको अवस्थामा दुग्ध विकास संस्थानसंग मिलेर काम गर्नुपर्ने अवस्था रहेकोमा २०५१ सालदेखि सहकारी संस्थामार्फत काम भएको जानकारी गराउनुभयो। सरकारबाट अनुदान दिएर उत्पादन भएका भारत र चीनबाट आयातित दुग्धजन्य पदार्थसंग नेपाली दुग्ध उत्पादक कृषकहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताउँदै तीन‌ै तहको सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने गरि  प्रविधि र अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

    गोदावरी नगरपालिकाको पशु शाखा प्रमुख इश्वरप्रसाद घिमिरेले दुग्ध उत्पादन र बजारीकरणले ललितपुरको दक्षिणी भेगका किसानको आर्थिक उपार्जन भैरहेको बताउँदै पशु पालन र व्यवस्थापनलाई जोड दिंदै भैंसी किन्नका लागि रकम विदेशिने क्रम रोक्न सरकारी तहबाट‌ै ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाले किसानका हरेक समस्या समाधानका लागि तीनै तहका सरकारसंग समन्वय गरिरहेको जानकारी गराउँदै किसानको हकहितका लागि संघलाई व्यवस्थित र सक्रिय बनाएर लैजानुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले कृषि उत्पादनमा ७३ प्रतिशत महिला किसानहरु क्रियाशील रहेको जानकारी गराउँदै कृषि तथा दुग्धजन्य व्यवसायमा अनुदानको व्यवस्थाको निरन्तरताको आवश्यकता रहेको भन्दै तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    संघका उपाध्यक्ष शेषानन्द सञ्जेलले दुग्धजन्य उत्पादन र बजारीकरणको हिसाबले ललितपुर तेस्रो जिल्लामा पर्ने जानकारी गराउँदै कृषकहरुको सेवाप्रति उत्तरदायी हुँदै संघले सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो।
    २८ ओै स्थापना दिवसको अवसरमा संघले लामो समयसम्म दुग्धजन्य पदार्थ उत्पादन, बजारीकरण गर्ने कार्यमा योगदान गर्ने, संघको सेवा प्रवाहमा सहयोग गर्ने र नेतृत्व तहमा रहेर योगदान गर्ने कृषक, व्यवसायी, कर्मचारी र पूर्वपदाधिकारीहरु समेतलाई सम्मान गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ

    वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन

    काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्

    कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?

    काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा

    शान्तिका लागि साइकल यात्रा

    काठमाडौं । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै २५७० औं बुद्ध पूर्णिमाका अवसरमा ‘‘युनिभर्सल पिस स्याङ्चुरी’ले आयोजना गरेको ‘शान्तिका

    राष्ट्रपतिद्धारा सार्वजनिक खरिद अध्यादेश जारी

    काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै अर्को अध्यादेश पनि जारी गरेका छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सार्वजनिक खरिद (दोस्रो

    झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार

    काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको

    Techie IT