Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि सोह्र श्राद्ध सुरु, पितृलाई तर्पण, पिण्डदान र सिदादान गरिँदै

    आजदेखि सोह्र श्राद्ध सुरु, पितृलाई तर्पण, पिण्डदान र सिदादान गरिँदै


    काठमाडौँ । वैदिक सनातन हिन्दू परम्पराअनुसार दिवङ्गत पितृको सम्झना तथा सम्मानमा गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ ।

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा पितृलाई तर्पण, सिदादान तथा पिण्डदान गर्ने भएकाले यस अवधिलाई ‘सोह्र श्राद्ध’ भनिएको हो । यसलाई अपर पक्ष र प्रेत पक्षका नामले समेत चिनिन्छ ।

    धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार ठूला चाडपर्व, यज्ञयागादि तथा शुभकार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने र तर्पण गर्ने गरिन्छ । पितृ पक्षका समयमा पितृहरू आफ्ना सन्तानबाट गरिने श्राद्ध तथा तर्पणको अपेक्षामा रहने धार्मिक मान्यता छ ।

    सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास रहिआएको छ । धर्मशास्त्रविद्का अनुसार पितृ पक्षमा आफ्नो पितृको तिथिमा श्राद्ध गर्नु शास्त्रीय परम्परा हो ।

    सामान्यतया जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध रोक्न नहुने मान्यता छ । तर, विभिन्न कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा धर्मशास्त्रमा वैकल्पिक तिथिहरूको व्यवस्था गरिएको छ ।

    आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको बताइन्छ । उक्त अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने उल्लेख धर्मशास्त्रीय ग्रन्थमा पाइन्छ । त्यसमा पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने विकल्प दिइएको छ ।

    त्यस्तै, आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था निर्णयसिन्धु, धर्मसिन्धुलगायतका धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ ।

    यी विकल्पमा पनि श्राद्ध गर्न नसकिएमा आफूले वा ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्ने शास्त्रीय विकल्प रहेको बताइन्छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास छ ।

    धर्मशास्त्रविद्का अनुसार सोह्र श्राद्ध बिहान आफूअनुकूल समयमा मात्र गर्ने नभई पितृको तिथिमा अपराह्नकालमा गर्नु शास्त्रसम्मत मानिन्छ ।

    पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । त्यसैले दसैँलगायत ठूला चाडपर्व मनाउनुअघि पितृको तृप्तिका लागि श्राद्ध गर्ने परम्परा रहेको धर्मशास्त्रीय मान्यता छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT