पक्राउ पर्नुअघि राप्रपा सांसदहरू संसदीय दलको कार्यालयमा रोकिएका थिए । त्यतिबेला अस्वभाविक रुपमा प्रहरी परिचालन गरिएको भन्दै अध्यक्ष लिङ्देनले आपत्ति समेत जनाएका थिए ।
अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
काठमाडौं| राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना सांसदलाई सिंहदरबार भित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे ।उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दीपक सिंह पनि सँगै थिए । तर उनी प्रहरीको हातबाट उम्किएर बिजुलीबजार–बानेश्वर क्षेत्रको प्रदर्शनस्थलमा पुगेका थिए ।
उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अङ्कित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस