गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले राजदूत माओमिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो भेटमा चिनियाँ राजदूत माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्वपूर्ण भूमिका सफल हुने विश्वास व्यक्त गरे ।
गृहमन्त्री अर्यालले चीनले आर्थिक सामाजिक क्षेत्रमा पु¥याएको सहयोगको निरन्तरता र भविष्यमा हुने सहयोग थप बढ्ने विश्वास व्यक्त गरे । उनले टेलिकम क्षेत्र र साइबर क्राइमको क्षेत्रमा बहुपक्षीय सहयोग र सहकार्यको प्रस्ताव पनि गरे । भेटका क्रममा चिनियाँ राजदूतचाङ माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद ज्ञापन गरे ।
मन्त्रालयले निर्वाचन सुरक्षा, सीमा सुरक्षा व्यस्थापनमा गरेका कामको उच्च प्रसंशा गर्दै उनले नेपाल चीनको ऐतिहासिक सम्बन्ध अझै थप बलियो बनाउने प्रतिवद्धता जनाए । राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा स्वतन्त्रता प्रति चीनको निरन्तर प्रतिवद्धता रहेको दोहो¥याए ।
राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वतन्त्रताप्रति चीन सधैँ प्रतिबद्ध रहेको दोहोर्याउँदै देशमा शान्ति, सुरक्षा र कानुनको शासन कायम राखेर निर्वाचन सम्पन्न गराएकोमा गृहमन्त्री अर्याललाई बधाई पनि दिएको गृहमन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २२ पैसा बिक्रीदर
- ४ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ५ पूर्व राष्ट्रिय कुमारीहरूको चन्द्रागिरि–भालेश्वर दर्शन यात्रा हिन्दु–बौद्ध सांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह
- ६ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस