साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न
२०८२ वैशाख २४, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्व पुरस्कार समितिकी संयोजक साहित्यकार सीता पाण्डेको हिजो एकल कविता वाचन सम्पन्न भयो ।
अनामनगर, काठमाडौंस्थित डालो रेष्टुरेन्टमा सप्पन्न भएको सो कार्यक्रममा कवि सीता पाण्डेका एक दर्जन कविता वाचन गरियो । कार्यक्रममा कवि पाण्डे स्वयंले आठ थान कविता वाचन गर्नु भयो भने कविहरु शैलेन्द्र साकार, डा.सृजना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले समेत पाण्डेका कविताहरू वाचन गर्नु भएको थियो ।
विगत एक्काईस वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आउनु भएकी कवि पाण्डे नेपाल आएको अवसरमा महिला साहित्यकार समूहले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले प्रमुख वक्ताको हैसियतमा कवि पाण्डेको साहित्यिक योगदानको चर्चा गर्दौ काव्यिक विशेषताबारे बोल्नु भएको थियो ।
प्रा.डा. भट्टराईले कवि पाण्डेका कृतिहरू सरल तर गहन हुने गरेको बताउँदै विम्बहरूको प्रयोग भएका कथा, संस्मरण र कविताहरूमा यौन विषयवस्तु उल्लेख भए पनि ती उच्छृङ्खल नभई सालिन हुने गरेको बताउँदै सीताको कृति अंग्रेजी भाषा भाषामा समेत अनुवाद भएको जानकारी गराउनु भयो ।
यसैगरी साहित्यकार प्रा.डा. कुमार कोइरालाले कवि पाण्डेको संक्षिप्त परिचय गराउनु भएको थियो । उहाँले कवि पाण्डे सर्जक मात्र नभई साहित्यिक पत्रकार, पत्रकार र खेलकुद परिषद्का कर्मचारीसमेत रहेको उल्लेख गर्नु भयो ।
प्रा.डा. कोइरालाले पाण्डेका कृतिहरू ‘असजिला खुसीहरू’ “यौन र अनुभूति” का बारेमा संक्षिप्त टिप्पणीसमेत गर्नु भएको थियो । एक बिद्रोही महिला साहित्यकारको उपमा दिदैँ उहाँले पाण्डेको’अन्तरद्वन्द्व’ कृतिको आफूले समालोचनासमेत गरेको बताउनु भयो ।
महिला साहित्यकार समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा साहित्यकार सीता पाण्डेले आफ्नो पुराना दिनहरुलाई सम्झदै आफ्नो साहित्य सिर्जनाबारे बोल्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस