नेपाल समाजवादी पार्टीको नयाँ नेतृत्वका लागि मतदान सुरु
काठमाडौं/२९ माघ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । काठमाडौंमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि भर्खरै मतदान सुरु भएको सो पार्टीका नवनिर्वाचित उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिए ।
उनका अनुसार यही माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् । पार्टीको महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध भएका पदाधिकारी र केन्द्रीय सदस्यमा कोशी प्रदेश केन्द्रीय सदस्य (खुला) मणि राई, कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी, मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) वसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) चित्र सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला) कमल खनाल छन् ।
यस्तै लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मीप्रसाद भट्टराई, कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मीराकुमारी मल्ल, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) लोकेन्द्रबहादुर सुनार, केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ, आदिवासी जनजाति युवा महिला मञ्जु माया तामाङ, मधेसी महिला अमृताकुमारी देवी, दलित केन्द्रीय सदस्य युवा हिक्मत विक र थारू महिला गीता थनेत निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने जनाइएको छ । महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधि छन् । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस