प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको ?
काठमाडौं ।नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमबारे दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा भाग लिंदै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भन्दै प्रश्न गरे ।‘तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनुस् त तपाईंले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई। अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गरेर अर्को मुख्यसचिव ल्याउनुभयो। उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनुभएको छ? मुटुमै गोली लागेजस्तो किन भएको छ?
उनले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै कुलमान घिसिङलाई हटाएको विषय उचाल्नुको औचित्य नभएको बताए।प्रचण्डले आफूले अध्यादेश ल्याएर तीन महिनाअघि नै प्रिबजेट छलफल गरेकामा उल्ट्याइएको भन्दै आपत्ति जनाएका थिए । प्रचण्डले सरकार अप्राकृतिक रहेको र बिचौलिया हाबी भएको भनेर लगाएको आरोपप्रति पनि भट्टराईले आपत्ति जनाए ।
शिक्षकको आन्दोलनका विषयमा प्रचण्डले शिक्षकलाई सडक नछोड्न भनेर अभिव्यक्ति दिएका थिए । भट्टराईले त्यसको पनि आलोचना गरे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस