याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो। यो आइपिओ वैशाख २२ गतेसम्म खुला रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३० गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ।
कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ, जसको ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुट्याइसकिएको छ भने बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता सर्वसाधारणका लागि निर्धारण गरिएको हो।
सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत (२ लाख १० हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ प्रतिशत (४२ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (१ लाख ५ हजार कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख ४३ हजार कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
यस निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर–एनपी बीबी माइनस’ जारीकर्ता रेटिङ पुनः पुष्टि गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ।
याम्बालिङ हाइड्रोपावरले सिन्धुपाल्चोकमा ७.२७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना गत फागुन ८ गतेदेखि व्यावसायिक उत्पादनमा आएको कम्पनीले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ३ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ४ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ५ विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित
- ६ फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक
- ७ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता

तपाईको प्रतिक्रिया दिनुहोस