Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीइन्द्रावतीमा ९oo विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण

    इन्द्रावतीमा ९oo विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण


    इन्द्रावती / ११ माघ,सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा ७ विद्यालयका विद्यार्थी र शिक्षक प्रतिनिधिकाे उपस्थितिमा वडा नं ५ का पाँचवटा विद्यालय र वडा नम्बर ४ का ३ वटा विद्यालय गरी ८ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूका लागि पोशाक वितरण गरिएकाे हाे । गिरिले ९०० विद्यार्थी र ६५ शिक्षकलाई एकसाथ न्यानाे कपडा वितरण गर्नुभएकाे हाे ।

    ऐसेलुखर्क माध्यमिक विद्यालयमा संघिय सांसद माेहन बहादुर बस्नेतकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाे आयाेजना गरि वडा नम्बर ५ को ५  वटा विद्यालयहरू श्री ऐसेलुखर्क माध्यमिक विद्यालय, श्री जनसुधार आधारभूत विद्यालय, श्री सरस्वती आधारभूत विद्यालय, श्री नमोबुद्ध आधारभूत विद्यालय र श्री पुष्प गङ्गा आधारभूत विद्यालय तथा वडा नम्बर ४ काे श्री भिमसेन आधारभूत बिद्यालय, श्री जूगेपन्चकन्या आधारभूत बिद्यालय र श्री जलेश्वरी आधारभूत बिद्यालयका शिक्षक र विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएकाे हाे ।

    प्रत्येक विद्यालयलाई वाटर डिस्पेन्सर समेत प्रदान गरिएकाे अभियन्ता गिरिले जानकारी दिनुभयाे । सोही कार्यक्रमको अवसर पारी ऐसेलुखर्क माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समेत रहनुभएका गिरीले विद्यालयकाे अक्षय कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएकाे हाे । शैक्षिक अभियान्ता गिरीको पहलमा यस वर्ष १४ वटा विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ भने अब गाउँपालिका भरिका ८ वटा विद्यालय मात्रै बाँकी रहेका छन् ।

    अभियन्ता गिरिकाे एकल सहयाेगमा ईन्द्रावती गाउँपालिकामा रहेका ४२ सामुदायिक विद्यालय मध्ये ३४ सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई न्यानाे कपडा तथा शैक्षिक सामाग्री गरिएकाे छ । अब ८ विद्यालयका विद्यार्थी र शिक्षकलाई न्यानाे कपडा वितरण गर्न बाँकी रहेकाे वडा नं २ का अध्यक्ष श्याम बहादुर गिरिले जानकारी दिनुभयाे । हाल ईन्द्रावती गाउँपालिकाका ३ विद्यालय मर्ज भईसकेका छन ।

    हाल सम्म ईन्द्रावतीका ५४०० विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिसकिएकाे छ भने ईन्द्रावती ६, ७ र ९ का २, २ विद्यालय र वडा नं १० र १२ का १,१ विद्यालयमा मात्र वितरण गर्न बाँकी रहेकाे छ । २०८३ साल भित्र सबै विद्यालयमा न्यानाे कपडा र शैक्षिक सामाग्री वितरण गरिसक्ने लक्ष्य अभियन्ता गिरिकाे छ ।

    साथै ५३ जना बिद्यार्थीलाई प्राबिधिक शिक्षा अध्ययन गर्नको लागी ५० हजारको दरले छात्रबृत्ति समेत अभियन्ता माेहन गिरिले उपलब्ध गराउनुभएकाे छ । ईन्द्रावती ११ का एक बिद्यार्थीलाई समेत ईन्जिनियर अध्ययनको लागी गिरिले सहयोग गर्दै आउनुभएकाे छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा सङ्घीय सांसद मोहनबहादुर बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयलाई सकेकाे सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । विद्यालयमा बालबालिकाले एकैनासकाे कपडा लगाउने हुनाले समानताकाे लागि पनि याे कपडा वितरणले सहयाेग गर्ने बताउनुभयाे । मन हुनेजति सबैले माेहन गिरिकाे जस्ताे सहयाेग गर्न सकेमा शिक्षामा धेरै सुधार हुने उहाँको धारणा थियो।

    कार्यक्रमका विशिष्ट अतिथि तथा इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङले मोहन गिरी ठूलो व्यापारी नभई ठूलो मनको धनी भएको बताउनुभयो । आफू पनि ऐश्वलु खर्क माध्यमिक विद्यालयको पूर्व विद्यार्थी रहेको र यस विद्यालयले धेरै विद्यार्थी उत्पादन गरेको तर पूर्व विद्यार्थी भेला भने नभएकोमा उहाँको गुनासो थियो। अध्ययन गर्नेले राम्राे गर्ने, अध्यापन गराउनेले राम्राे अध्यापन गर्ने र व्यवस्थापन गर्नेले राम्राे व्यवस्थापन गरिदिने हाे भने शिक्षा राम्राे हुने उहाँको तर्क थियो। सबै विद्यार्थी डाक्टर नै बन्नुपर्ने नभई उनीहरूको रुचि अनुसार सिप सिकाउने र त्यसतर्फै मेहनत गराउनतर्फ लागेमा सफल भइने उहाँको तर्क थियो।

    इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्यामबहादुर गिरीले ईन्द्रावतीका ३४ विद्यालयमा शैक्षिक सामाग्री र न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो। ४२ वटा सामुदायिक विद्यालय रहेकोमा अब आठवटा विद्यालयमा मात्रै न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । साथै शैक्षिक अभियान्ता गिरीको पहलमा ३७ विद्यार्थीलाई प्राविधिक धारमा अध्ययन गर्न छात्रवृत्ति दिएको तथा एक जनालाई इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

    इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले आफूले पढ्दा विद्यालय नजिक र राम्रो नभएको तर अहिले सुविधा सम्पन्न विद्यालय हुँदा विद्यार्थी घट्ने क्रम जारी रहेको बताउनुभयो । न्यानो कपडा तथा शैक्षिक सामग्री वितरणले बालबालिका र अभिभावक खुसी भएको उहाँले जानकारी दिनुभयो । पढ्न मन भएका तर आर्थिक अवस्थाका कारण पढ्न नसक्ने विद्यार्थीहरूका लागि अभियान्ता गिरीले गरेको काम एकदमै सराहनीय रहेको उहाँको भनाइ थियो।

    इन्द्रावती गाउँपालिकाका कार्यपालिका सदस्य सीता तिरुवाले सबै बालबालिकाले एकै नासको कपडा लगाएर विद्या विद्यालय जान पाउँदा खुसी हुने बताउनुभयो। साथै कपडा किन्न नसक्ने अथवा आर्थिक अवस्था कमजोर भएका अभिभावक तथा विद्यार्थीहरूका लागि यो ठूलो अवसर भएको उहाँको भनाइ छ।

    इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङले शिक्षाविना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो। शिक्षाको ज्योतिलाई समुदायमा टोल बस्तीमा पुर्‍याउन सहयोग गरेकोप्रति गिरीलाई आभार व्यक्त गर्नुभयो। साथै शिक्षा क्षेत्रमा गिरीले देखाउनुभएको बाटोमा आफू हिँड्न पाउँदा गौरवान्वित महसुस भएको उहाँको भनाइ थियो ।

    ऐसेलुखर्क माध्यमिक विद्यालयका शिक्षक कुन्जरमणि भट्टराईले समाजसेवामा पूर्वाग्राही हुन नहुने बताउनुभएको छ। इन्द्रावतीका कुल ७००० शिक्षक र विद्यार्थीहरूका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नु एकदमै खुसीको कुरा भएको उहाँको भनाइ थियो। निस्वार्थ रूपमा शैक्षिक क्षेत्रमा गरेको लगानीले भोलि सभ्य समाज निर्माण हुने उहाँको भनाई थियो। अभियान्ता गिरीले आफूले अध्ययन गर्दा भोगेको पीडालाई अहिलेका विद्यार्थीले भोग्नु नपरोस् भनी शैक्षिक सामग्री र न्यानो कपडा प्रदान गरेकोप्रति आभारी रहेको शिक्षक भट्टराईले बताउनुभयो ।

    ऐसेलुखर्क माध्यमिक विद्यालयमा कुल नौवटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू निर्वाचित जनप्रतिनिधिहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम ऐसेलुखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार…

    काठमाडौं। निजी विद्यालयका चार प्रमुख संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरिएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज

    गुणस्तरीय शिक्षा र युवाको सक्रिय भूमिकामा सरकार प्रतिबद्ध : मन्त्री…

    काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्।

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

    काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न

    बिपी राजमार्गमा बस दुर्घटना : काभ्रेपलाञ्चोकमा ७ जनाको मृत्यु, १५…

    काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना

    Techie IT