गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित एक लाख रुपैयाँ अनुदान
पर्वत/ ९ असाेज, पर्वतको महाशिला गाउँपालिकाले गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित एक लाख रुपैयाँ अनुदान दिने भएको छ ।
आफू बसेको गाउँठाउँ छाडी अन्यत्र बसाइँ सरेकाहरू पुरानै ठाउँमा फर्किएमा एक लाख रुपैयाँ अनुदान ६ महिनालाई पुग्ने खाद्यान्न खर्च दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गाउँलेहरू बसाइँ सरेर अन्यत्र जान थालेपछि पालिकाले यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भुसालकाे भनाइ छ ।
गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको छ । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । गाउँपालिकाले चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिने जनाएकाे छ ।
अध्यक्ष भुसालका अनुसार एक वर्षमा महाशिला गाउँपालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस