Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय वीलभयूद्वारा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न

    अन्तर्राष्ट्रिय वीलभयूद्वारा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न


    काठमाडौं, ९ भदौ: बागमती प्रदेशको काठमाडौमा जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरियो । अगस्ट २३ तारिखमा, अध्यक्ष जाङ गिल जा रहेको, विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयूले काठमाडौ महानगरपालिका वडा नं. ३२, सुविधानगर, तीनकुने स्थित कौटिल्य ग्लोबल स्कूलको प्राङ्गणमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गऱ्यो । कार्यक्रममा वीलभयूका सदस्यहरू र छिमेकीहरू गरी करिब २५० जना सहभागी भए ।

    यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुऱ्याउनु थियो । एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउने सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले वीलभयूले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दैआएको छ ।

    वीलभयूका लागि नेपालका अध्यक्ष किशोर सामसोहाङले रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभार व्यक्त गर्नुहुँदै धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा व्यक्त गर्नुभयो । रगतको कुनै जात, धर्म र भूगोल हुँदैन तर यो केवल मानवतासँग जोडिएको हुन्छ । नेपालमा पनि कुनै व्यक्तिले रगतको अभावले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले वीलभयूले हरेक वर्ष सातै प्रदेशको विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको कुरा बताउनुभयो साथै रक्तदाताहरूले दान गर्ने रगत थोरै तरल पदार्थ मात्र नभएर रक्त अभावमा छट्पटाइरहेका बिरामीहरूको निम्त जीवनको आशा हुने भएकोले स्वयंसेवी रक्तदाताहरूलार्इ स्व:स्फूर्तले रक्तदान गर्न हौसला प्रदान गर्नुभयो ।

    कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जारी रह्यो । सहभागीहरूले रक्तदानको प्रक्रियाअनुसार पालैपालो जीवन बचाउने कार्यमा सहभागिता जनाए । तीमध्ये कुल १११ जनाले रक्तदान गरी ४९,९५० मिलिलिटर रगत दान गरे। नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा, भृकुटी मण्डपले रक्तदानको सम्पूर्ण प्रक्रियामा प्राविधिक सहयोग गर्दै कार्यक्रमलाई साथ दियो ।

    काठमाडौ महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष सरोज ढकालले वीलभयूले गर्ने हरेक रचनात्मक र सिर्जनात्मक कार्यमा आफ्नो वडाको तर्फबाट सधैँ साथ समर्थन रहने कुरा बताउनुहुँदै रक्तदान गरेर जीवनदान गर्ने कार्य गरेको वीलभयू फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

    रक्तदान सम्पन्न गरेका एक जना सहभागीले आफ्नो रगत अरू कसैको जीवन बचाउने कार्यमा प्रयोग हुन्छ भने योभन्दा पुण्य कार्य अरू के हुन्छ होला र ? भन्दै खुशीसाथ रक्तदान गरेको कुरा बताउनुभयो । अर्का एक सहभागीले रगतचाहिँ कृत्रिम रूपमा उत्पादन गर्न नमिल्ने तर भौतिक उपस्थितिमा कसैको शरीरबाट रगत निकालेर नै दान गर्नुपर्ने तत्त्व भएकोले आफू पनि व्यस्तताको बाबजूद रक्तदान गर्न आएको कुरा बताउनुभयो ।

    वीलभयूले यही अगस्ट महिनामा कैलालीको टिकापुर, काठमाडौंको किर्तिपुरमा, बाँकेको नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ भने आगामी साता भक्तपुर, भरतपुर र पोखरामा पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागिरहेको छ ।

    वीलभयूले रक्तदान मात्र होइन, नेपालका विभिन्न स्थानमा वातावरण सरसफाइ, शिक्षा सहयोग तथा जोखिममा रहेका वर्गलाई सहायता प्रदान गर्ने जस्ता विविध कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ । गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमी लगायत क्षेत्रका विद्यालयहरूमा शैक्षिक प्रयोजनका लागि टेलिभिजन, स्कुल ब्याग, कपडा र पङ्खाजस्ता सामग्री सहयोग गर्नुका साथै विद्यालयको साइनबोर्ड जडान र पर्खाल मर्मत गरेर शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ। त्यसै गरी वातावरणीय कल्याणकारी गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ परियोजनामार्फत दिगो जिउने वातावरण निर्माण गर्दै आएको वीलभयूले विपद्का समयमा राहत तथा पुनर्स्थापना कार्यमा पनि सहयोग पुऱ्याउँदै आएको छ । सन् २०१५ को महाभूकम्पका पीडितहरूका लागि राहत, भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण सहयोग तथा कोभिड–१९ महामारीका समयमा संक्रमण रोकथाम सामग्री प्रदान गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो ।

    वीलभयूले सन् २००४ मा कोरियाबाट ‘विश्वव्यापी रक्तदान अभियान’ सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको छ । कोरियासहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन् । एक पटकको रक्तदानले अधिकतम तीन जनाको जीवन बचाउन सकिने कुरालाई विचार गर्दा, करिब २ लाख मानिसको जीवन बचाउन योगदान पुऱ्याएको मान्न सकिन्छ (सन् २०२६ जुनसम्मको तथ्याङ्कको आधारमा) ।

    संयुक्त राष्ट्रसंघको सार्वजनिक सूचना विभागसँग सहकार्य गर्ने एक गैरसरकारी संस्था अन्तर्राष्ट्रिय वीलभयूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत मानवीय गतिविधिहरू सञ्चालन गर्दछ । वीलभयूले १०२ देशमा वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइको प्रत्याभूति, गरिबी तथा भोकमरी न्यूनीकरण, स्वास्थ्य सेवा, स्थानीय समुदाय कल्याण र शिक्षा सहयोग लगायत विभिन्न क्षेत्रमा ११,१०० पटक भन्दा बढी गतिविधि सञ्चालन गरिसकेको छ । यस्ता निःस्वार्थ गतिविधिहरूको कदरस्वरूप, वीलभयूले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, गणतन्त्र कोरियाको पदक, इक्वेडरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता १,१०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ। नेपालमा पनि काठमाडौं र कीर्तिपुरका मेयरहरूबाट प्रशंसा-पत्र तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT