Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठखेलकुदफिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक

    फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक


    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्। आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडेका हुन्।

    मोरक्कोलाई खेलको २१औँ मिनेटमा इस्माइल सैबारीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर ब्राजिलले ३२औँ मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत खेलमा पुनरागमन गर्दै बराबरी कायम गर्‍यो।

    बाँकी समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि थप गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकिएको हो। यस नतिजासँगै ब्राजिल र मोरक्कोले समूह चरणमा एक–एक अंक जोडेका छन्।

    अब ब्राजिलले आगामी जुन २० मा हैटीविरुद्ध तथा जुन २५ मा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यस्तै, मोरक्कोले जुन २० मा स्कटल्यान्डसँग खेल्नेछ भने जुन २५ मा हैटीको सामना गर्ने तालिका रहेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया

    काठमाडौँ । विश्वकप उपाधिको बलियो दाबेदार तथा युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै केप भेर्डेले आफ्नो फुटबल इतिहासकै सबैभन्दा स्मरणीय

    विश्वकपमा जापान र नेदरल्यान्ड्सबीच रोमाञ्चक २–२ बराबरी

    काठमाडौँ । विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको अन्तिम

    विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित

    काठमाडौँ । आयोजक मेक्सिकोले फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको

    पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त

    फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै

    काठमाडौं : विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता 2026 FIFA World Cup आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। United States, Mexico र

    हङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन

    काठमाडौँ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै

    Techie IT