Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारकिसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’

    किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’


    सिरहा । स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट शनिबारदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरु भएको हो ।

    गत वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप ‘ब्राण्डिङ’ कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवं वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताए।

    यहाँको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उहाँले जानकारी दिए ।

    “गत वर्षभन्दा यस वर्ष व्यवस्थित रूपमा यहाँको उत्पादित आँपको ब्राण्डिङ गरी बजारीकरण गर्ने योजनाअनुसार आजदेखि काम सुरु गरेका छौँ । यहाँको सरस्वती कृषि फार्मसँग सम्झौता गरी आँपमा लोगो लगाएर काठमाडौँ पठाउने तायारी गरिएको छ”, संयोजक चौधरीले भने, “किसानले असार सुरु भएसँगै मालदह आँप बजारमा ल्याउन थाल्ने भएकाले सङ्कलन गरी पठाउन सम्पूर्ण तयारी गरिएको छ ।”

    नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाडौँको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रव्यापी अनलाइन माग तथा ‘होम डेलिभरी’का लागि ओयो पसललाई आधिकारिक ‘अनलाइन पार्टनर’ नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिए ।

    उनका अनुसार यहाँ उत्पादित आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्याङ्कनसमेत गरिनेछ ।

    स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा यहाँका किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए ।

    उनले भने “यहाँका किसानलाई उत्साहित बनाउन नगरपालिकाले आँपको ब्राण्डिङ गरेको हो । यसले यहाँ उत्पादित आँपको पहिचान बनाउने छ । योसँगै उपभोक्ताले विषादीरहित नेपाली आँप बजारमा पाउनेछन् ।” नगरप्रमुख चौधरीले आँपलाई लामो समयसम्म भण्डारण गरिराख्न चिस्यान केन्द्र आवश्यक भएको भन्दै त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगका लागि अनुरोधसमेत गर्नुभयो ।

    लहानलाई आँपको पकेट क्षेत्रका रूपमा चिनिन्छ । मुख्यगरी यहाँको वडा नं १२, १३, १४, १५, २३, १५, १८, १९ र २४ मा किसानले बीघौबीघा आँपखेती गर्ने गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT