Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारवालेन सरकारको सुशासनको धज्जी उडाउदै मन्त्री प्रतिभा रावल

    वालेन सरकारको सुशासनको धज्जी उडाउदै मन्त्री प्रतिभा रावल


    रौतहट, २७ जेठ ।
    विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत बेपता भएका छन् । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे दुई महिनादेखी बेपता भएका छन् ।

    भुमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव घिमिरे कार्यालयमा उपस्थित भएर काम गर्नुको साटो जिल्ला बाहिर बसेर सुशासनको धज्जी उडाई रहेकाछन् । मन्त्रालयले घिमिरेलाई गत १६ चैतमै मौलापुर नगरपालिकामा खटाएको थियो ।

    तर घिमिरे अहिलेसम्म १५ दिनभन्दा बढी कार्यालयमा उपस्थित भएका छैनन् । उनी कार्यालयमा उपस्थित भएर तोकिएको जिम्मेवारी पुरा गर्नुको साटो प्रधानमन्त्री वालेन शाहको सुशासनलाई नै चुनौति दिएका छन् । घिमिरे कार्यालयमा उपस्थित नहुने, तोकिएको काम नगर्ने लगायतका बारेमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल जानकार भए पनि दुवै मिलेर वालेन सरकारको सुशासनको धज्जी उडाउन लागि परेका छन् ।

    वालेन सरकारले सुशासन कायम राख्ने भन्दै कडाइका साथ लागेपनि सामान्य प्रशासन मन्त्री रावल, मौलापुरका प्रशासकीय अधिकृत घिमिरेले सुशासनलाई नै लगौंटी लगाइदिएका छन् । प्रशासकीय अधिकृत घिमिरे वेपता भएपछि खोजी गरिदिन भन्दै स्थानीय सेवाग्राहीले माग गरेका छन् ।

    ‘मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हालसम्म अनुपस्थित हुनुहुन्छ । गत चैत १६ गते नै मन्त्रालयले खटाएका उपसचिव सुरेशबाबु घिमिरेज्यू हालसम्म जम्मा १५ दिन मात्र कार्यालयमा उपस्थित हुनुभएको छ । बजेट कार्यान्वयनको यस निर्णायक समयमा प्रमुख प्रशासकीय अधिकृत यसरी गायब हुनु सुशासन हो कि अत्याचार ? मौलापुरप्रति सरकार किन पूर्वाग्रही बनेको ? के मौलापुरको असफलतामा सरकारले आफ्नो विजय ठानेको हो ? यदि होइन भने, यसरी लापरबाही गर्ने कर्मचारीलाई तुरुन्त कारबाही गरियोस् ,’ स्थानीय सुरेन्द्र कुशवाहाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    लुकीलुकी बस्ने, कार्यालयमा उपस्थित नहुने, सर्वसधारणको समस्या समाधान नगर्ने, नगरपालकाको बजेट कार्यान्वयनलाई असफल बनाउने काममा लागेको मौलापुरका जनप्रतिनिधिहरु बताउँछन् । नगरपालिकाको लोकप्रिय कार्यक्रमहरु निःशुल्क बिजुली, निःशुल्क पानी, छोरीसँग मेयर कार्यक्रम जस्ता जनमुखी योजनाहरूको भुक्तानी माथिको आदेश भन्दै प्रशासकीय अधिकृत घिमिरेले रोक्ने षडयन्त्र गरेपछि स्थानीय सेवाग्राही आन्दोलित छन् ।

    प्रशासकीय अधिकृत घिमिरे कार्यालयमा उपस्थित नभएर बेपता भएपछि मेयर रिनाकुमारी साहले तीन दिने स्पष्टीकरण सोधेकी छन् । २५ जेठमा सोधिएको स्पष्टीकरणको बोधार्थ सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय गौरलाई समेत जानकारी एवं आवश्यक कार्यार्थका लागि उल्लेख गरिएको छ ।

    नगरपालिकामा हाजिर भए पश्चात विदा स्वीकृत नगराई लामो समयसम्म घिमिरे कार्यालयमा अनुपस्थित रहदै आएको, नगरसभाबाट स्वीकृत नगर गौरव लगायतका योजनाहरु कार्यान्वयन तर्फ तत्परता नदेखाएका कारण नगरपालिकाबाट हुने सेवा प्रवाहमा गम्भीर असर परेको लगायतका कारण देखाउदै सोधिएको स्पष्टीकरणको बारेमा सामान्य प्रशासन मन्त्री रावललाई बोधार्थ गर्दा समेत कुनै चासो नदिएको देखिएको छ ।

    स्पष्टीकरण सोध्नुभन्दा अघि ११ जेठमा मेयर साहले सामान्य प्रशासन मन्त्रालयलाई सहजिकरण गरिदिन पत्र समेत लेखेकी छन् । प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुने, कार्यालयको काम पनि नगर्ने सहितका व्यवहोराबाट आजित मेयर साहले सम्पूर्ण विवरण खोलाई सहजिकरण गरिदिन मन्त्री रावललाई पत्राचार गर्दा समेत कुनै वास्ता गरिएन ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावल, प्रशासकीय अधिकृत घिमिरे सहितकाले मनोमानी गर्न थालेपछि मेयर साहले गैरकानूनी रुपमा संघीय सरकारको भइरहेको हस्तक्षेप बन्द गर्न चुनौती दिएकी छन् ।

    स्थानीय तहले गर्दै आएको देशकै नमुना मानिने जनमुखी लोकप्रिय कार्यक्रमहरु प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण कार्यक्रम नै अन्योलमा परेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    Techie IT