Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियसरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

    सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म


    काठमाडौँ/ ५ कात्तिक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् ।
    परराष्ट्र मन्त्रालयले सरकार गठन भएको पहिलो सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा तथा एसियन कोअपरेशन डाइलगको शिखर सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मञ्चहरूमा नेपालको प्रभावकारी उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।
    त्यस्तै सन् २०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको, २–३ अक्टोबर २०२४ मा कतारमा सम्पन्न एसिया कोअपरेशन डायलगको शिखर सम्मेलनमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
    उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री डा. देउवाले गत भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उहाँको द्विपक्षीय भेटवार्ता भएको थियो ।
    यस अवधिमा ओमानका परराष्ट्रमन्त्री सयीद बद्र विन हमद विन हमद अल्बुसैनीले गत भदौ १० र ११ गते नेपालको भ्रमण गर्नुभएको थियो । परराष्ट्र मन्त्री डा देउवाले गत असोज ५ देखि १७ गतेसम्म क्यानडा, संयुक्त राज्य अमेरिका र कतारको उच्चस्तरीय भ्रमण गर्नुभएको थियो ।
    सरकार गठनको यस अवधिमा पोर्चुगलमा नेपाली राजदूत नियुक्तिको सिफारिस तथा संसदीय सुनुवाइ सम्पन्न भई सम्बन्धित मुलुकको सहमति प्राप्त हुने प्रक्रियामा रहेको छ । साथै मन्त्रालय तथा नियोगहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको छ ।
    यसै अवधिमा नेपाल ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक गत साउन २३ गते परराष्ट्र सचिवस्तरमा ओमानको मस्कटमा सम्पन्न भएको थियो । त्यस्तै राहदानी खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारी अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT