Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारमिडिया, सामाजिक सञ्जालमा गगन र अमरेशको चर्चा भएपनि घरघर र मतदाताकाबीचमा मोबाइल छापको चर्चा छ : रिंकी साह

    मिडिया, सामाजिक सञ्जालमा गगन र अमरेशको चर्चा भएपनि घरघर र मतदाताकाबीचमा मोबाइल छापको चर्चा छ : रिंकी साह


    सर्लाही, १७ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं सर्लाही–४ की उम्मेदवार रिंकी कुमारी साहले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।

    सर्लाहीको धनकौल, मैनाथपुर, मिर्जापुर, बहादुरपुर, हर्नाहा लगायताका गाउँघरमा आज घरदैलो गर्दै आम मतदातासंग यसपटक मोबाइल छापमा मतदान गर्न अपिल समेत गरेकी छन् ।

    सर्लाही–४ बाटै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, रास्वपाबाट अमरेशकुमार सिंह लगायतका नेताहरु चुनावी मैदानमा छन् । सोही क्षेत्रमा आजपाकी उम्मेदवार साह पनि चुनावी प्रतिस्पर्धामा उत्रेकी छन् । बिहानदेखी रातीसम्म घरदैलो गर्दै आम मतदाताका घरमा पुग्ने र आफ्नो प्रतिबद्धतापत्र, पार्टीको घोषणापत्र बाँडदै मोबाइल छापमा मतदान गर्न उनले अपिल गरिरहेकी छन् ।

    ‘मिडिया र सामाजिक सञ्जालमा गगन र अमरेशजीकै जबरजस्ती चर्चा गरिएको छ । तर मैले घरदैलो गर्दै आम मतदाताको घरमा पुग्दा त्यहाँ मैले फरकपन पाए । आम मतदाताका बीचमा उहाँहरुलाई त्यति रुचाइएको छैन् । गाउँघर, मतदाताका बीचमा मेरो चर्चा छ । यसपटक मोबाइल छापमा मतदान गरेर रिंकी साहलाई बिजयी बनाउने आम मतदाताको परिवारीक निर्णय गरिसकेकोको मैलो पाएपछि खुशी छु । मिडिया, सामाजिक सञ्जाल, माथिमाथि जसको चर्चा गरेपनि गाउँघर, मतदाताका बीचमा मोबाइलको चर्चा छ, रिंकीको चर्चा छ । त्यसैले यसपटक मेरो बिजयी निश्चित छ,’ सर्लाही–४ आजपाका उम्मेदवार रिंकी साहले भनिन् ।

    ‘धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै गर्ने । कर प्रणालीमा सुधार गर्दै करको दर न्यूनीकरण, कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड गर्ने । निशुल्क शिक्षा र स्वास्थय सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,’ उनले बताइन् ।

    पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु सर्लाहीबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको उनले बताइन् । साथै, सर्लाहीको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।

    ‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ साहले भनिन् ।

    जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न उनले अपिल गरेकी छन् । अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग उनले आग्रह गरेकी छन् ।

    अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने साहले बताइन् ।

    आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT