Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारविरामीका लागि ताजा रगत खाेज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ माेवाइल एप्स सार्वजनिक

    विरामीका लागि ताजा रगत खाेज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ माेवाइल एप्स सार्वजनिक


    ललितपुर/ २० पुस, विभिन्न अस्पतालमा उपचारकाक्रममा रहँदा आपतकालीन अवस्थामा ताजा रगत खाेज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ एप्स सार्वजनिक गरिएको छ।  ब्लड डाेनर्स एशाेसिएशन नेपाल(ब्लाेदान) जिल्ला शाखा ललितपुरको शुक्रबार नेपाल रेडक्रस साेसाइटी ललितपुरको सभाहलमा आयाेजित विशेष अधिवेशनका अवसरमा बागमती प्रदेशका श्रम राेजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ‘ब्लड फर मी’ एप्सकाे सार्वजनिक गर्नुभएको हाे ।
    एप्स सार्वजनिक पश्चात विशेष अधिवेशनकाे उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै प्रदेश मन्त्री महर्जनले मानवीय सेवासंग जाेडिएकाे रक्तदानकाे महत्त्वपूर्ण र महान कामलाई जनचेतनाका रुपमा अगाडि बढाउनु पर्नेमा जाेड दिनुभयाे ।
    “हाम्रा सबै धर्मकाे मर्म मानवीय सेवा नै भएकोले रक्तदानलाई मानवीय सेवाकाे उत्कृष्ट कार्यका रुपमा सम्मानका साथ प्राथमिकता दिएर अगाडी बढाउनुपर्छ, सबै संस्थाहरुले एकीकृत ढंगले क्रियाशील भएर विरामीहरुलाई निशुल्क रुपमा रगत दिने व्यवस्था अनुसार क्रियाशील हुनुपर्नेमा ध्यानाकर्षण गराउन चाहान्छु।”
    उहाँले सरकारी सेवालाई डिजिटलाइज गर्नेक्रममा नागरिककाे सहज सेवालाई ध्यानमा दिएर प्रदेश सरकार अगाडी बढिरहेको बताउनुभयो ।
    “विज्ञान र प्रविधिको युगमा टेलिमेडिसिनकाे माध्यमबाट उपचार गर्ने प्रविधिको विकास र विस्तार गर्नुपर्छ, लाइन लागेर टिकट काट्नु पर्ने अवस्थाकाे अन्त्य गर्नुपर्छ, स्वास्थलगायतका सबै क्षेत्रलाई प्रविधिसंग जाेड्नुपर्छ, जनतालाई राम्रो र प्रभावकारी सेवा दिन हामी अग्रसर छाैं, प्रविधिकाे उपयाेगलाई जाेड दिएका छाैं।” प्रदेश मन्त्री महर्जनले भन्नुभयो ।
    उहाँले स्वच्छ रगत उपलब्ध गराउन सहजीकरण गर्ने अभिप्रायले सार्वजनिक गरिएको एप्सकाे बारेमा जानकारी लिंदै याे कार्यकाे सराहना गर्नुभयो ।
    नेपाल रेडक्रस साेसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले संस्थाकाे गरिमा उच्च रहेकाे बताउँदै माग विरामीहरुलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन अतुलनीय याेगदान रहेकाे उल्लेख गर्दै यसलाई निरन्तरता दिन याेगदान पुर्‍याउनु सबैकाे कर्तव्य भएको बताउनुभयो । उहाँले स्वयंसेवी, रक्तदाताहरुलाई निरन्तर हाैसला प्रदान गर्नुपर्नेमा जाेड दिनुभयाे। महर्जनले रक्तसञ्चार केन्द्र ललितपुरसंग ३ सय संघसंस्थाहरु प्रत्यक्ष रुपमा जाेडिएकाे जानकारी गराउनुभयाे । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा ललितपुरको पाटन अस्पताल र बज्रवाराही प्रदेश अस्पताललाई निशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएकाे अध्यक्ष महर्जनले जानकारी गराउनुभयाे।
    ‘ब्लड फर मी’ एप्लिकेसनका निर्माणकर्ता साजन महर्जनले रगतकाे आवश्यकता परेको समयमा खाेजीका लागि भाेग्नुपर्ने कठिनाई तथा समस्या समाधान गर्दै स्वस्थ्य रगत सजिलोसँग ताजा रगत पाउन सक्ने अवस्था सृजना गर्न प्रविधिको विकास गरेकाे बताउनुभयो । उहाँले याे एप्लिकेसनलाई प्रवर्द्धन गरेर आपतकालीन अवस्थामा रगत आवश्यक परेकाहरुका लागि सहजीकरण गर्न आग्रह गर्नुभयो ।
    व्लाेदान काठमाडौंका अध्यक्ष तिलकबहादुर अधिकारी, जिल्ला शाखा ललितपुरका संस्थापक अध्यक्ष राजेन्द्र महर्जन,  वर्तमान उपाध्यक्ष मदन श्रेष्ठले वर्तमान समयमा रक्तदानकाे महत्व, रक्तदानमा विभिन्न संघसंस्थाहरुकाे सहभागिताकाे आवश्यकता र ओैचित्यताकाे बारेमा धारणा राख्दै रक्तदान कार्यमा विगतमा भएका काम तथा कार्यक्रमहरुकाे चर्चापरिचर्चा गर्नुभएको थियाे। कार्यक्रममा स्वयंसेवी रक्तदाता व्लाेदानका केन्द्रीय सदस्य साधुराम महर्जनलाई सम्मान गरिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    Techie IT