Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारबारामा भन्सार स्थापना मुख्य मुद्दा बनाउँदै चुनावी मैदानमा आजपा उम्मेदवार बिजय यादव

    बारामा भन्सार स्थापना मुख्य मुद्दा बनाउँदै चुनावी मैदानमा आजपा उम्मेदवार बिजय यादव


    कलैया, १५ फागुन
    जेनजी हत्यारा, लुटेरा, भ्रष्टाचारी एवं हाइजैकरलाई बहिष्कार गरौं र जेनजीको माग पुरा गर्नका लागि यसपटक मोबाइलमा मतदान गरौं भन्दै आम जनता पार्टी (आजपा) बारा–१ का उम्मेदवार बिजय यादव निर्विजले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

    बाराको बारागढी गाउँपालिकाको गडहल सहितका विभिन्न गाउँमा उनले आज घरदैलो गर्दैै बारामा अनिर्वाय रुपमा भन्सार कार्यालय स्थापाना गर्ने आफ्नो एजेण्डा रहेको बताए ।

    बारा जिल्लाको समग्र आर्थिक विकास र सीमावर्ती व्यापारको व्यवस्थित विस्तारलाई केन्द्रमा राख्दै यादवले भन्सार कार्यालय स्थापना आफ्नो प्रमुख चुनावी प्रतिबद्धता भएको स्पष्ट पारेका छन् ।

    यसअघि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत सिम्रौनगढ नगरपालिकाका विभिन्न वडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले सीमावर्ती क्षेत्रको आर्थिक सम्भावनालाई मूर्त रूप दिन स्थानीय तहमै भन्सार कार्यालय स्थापना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कृषि उत्पादन, साना तथा मझौला उद्योग र सीमावर्ती व्यापारको उल्लेखनीय सम्भावना हुँदाहुँदै पनि भन्सार संरचनाको अभावले स्थानीय व्यवसायीलाई अन्य जिल्लामा धाउनुपर्ने बाध्यता रहेको बताए । यसका कारण ढुवानी खर्च वृद्धि, समयको क्षति तथा प्रशासनिक झन्झट थपिएको उनको भनाइ छ ।

    ‘स्थानीय स्तरमै भन्सार कार्यालय स्थापना भए व्यापारिक गतिविधि तीव्र हुन्छ, राजस्व संकलन बढ्छ र बाराको अर्थतन्त्र चलायमान बन्छ,’ यादवले भने ।

    उनले भन्सार कार्यालय स्थापना भएपछि अवैध आयात–निर्यात नियन्त्रणमा आउने, राजस्व चुहावट न्यूनीकरण हुने र सीमावर्ती बजार पारदर्शी तथा व्यवस्थित बन्ने विश्वास व्यक्त गरे । साथै यसबाट स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुनुका साथै उद्यमशीलतामा समेत टेवा पुग्ने उनले बताए ।

    यादवले भन्सार स्थापना केवल राजनीतिक मुद्दा नभई बाराको दीर्घकालीन समृद्धिसँग जोडिएको रणनीतिक आवश्यकता भएको उल्लेख गरे । ‘हामी जनताको मागलाई केन्द्रमा राखेर संघीय सरकार र सम्बन्धित मन्त्रालयसँग प्रभावकारी पहल गर्छौं,’ उनले भने ।

    उनको यो एजेन्डाले बारा क्षेत्रमा आर्थिक विकाससम्बन्धी बहसलाई नयाँ आयाम दिएको छ । स्थानीय उद्योगी–व्यवसायी र सर्वसाधारणले अब भन्सार कार्यालय स्थापनाका लागि ठोस निर्णय र कार्यान्वयनको अपेक्षा गरेका छन् ।

    बारा सहित समग्र मधेसको विकास र समृद्धिका लागि यसपटक मोबाइल छापमा मतदान गर्न उनले अपिल गरेका छन् । बाराको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको बताउदै उनले यसक्षेत्रको विकासका लागि निरन्तर अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

    स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि यसपटकको निर्वाचनमा सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर अगाडी बढनुपर्ने उनले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT