शेयर बजार ९ अङ्कले बढ्याे, ९ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेका छन् ।
आज एसवाई प्यानल, श्रीनगर एग्रो र त्रिशुली जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको सबै भन्दा बढी ६.२५ प्रतिशतले घटेको छ ।
आज १ सय ६२ वटा कम्पनीको शेयर बढेकोमा ८८ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये बिहीबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ । साथै, विकास बैंक, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । यता, व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार पनि बढेको छ । हिजो ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
- ६ संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
- ७ करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस