Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रआजको विनिमयदर कस्तो छ ?

    आजको विनिमयदर कस्तो छ ?


    काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ।त्यस्तै युरोको भाउ भने शुक्रबार एकैदिन तीन रूपैयाँभन्दा बढीले बढेको छ।

    शुक्रबार युरोको भाउ एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ। बिहीबार यसको भाउ एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा तोकिएको थियो।अस्ट्रेलियन डलरको शुक्रबार सटही मूल्य एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा तोकिएको छ। बिहीबार

    यसको भाउ एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा थियो।युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
    यसैगरी जापानी येन १० को खरिदर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको जनाइएकोछ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २१ पैसा र बिक्रीदर २० रुपैयाँ ३० पैसा तोकिएको छ।

    यसैगरी नेपाल राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ३२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
    नेपाल राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ…

    काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको

    नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड…

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले

    सुन तोलामा रु १,९०० र चाँदी रु ४० ले महँगियो

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु १,९००

    Techie IT