बंगलादेशको आन्दोलनको दौरान नेपालमा पनि बंगलादेशी विद्यार्थीहरुको समर्थनमा केही प्रदर्शनहरु र वक्तव्यबाजीहरु भए । बंगलादेश आन्दोलन सफलतामा पुग्नेवित्तिकै सामाजिक सञ्जालका विज्ञहरुले नेपालमा पनि यस्तै आन्दोलन हुने अराजक सन्देशहरु प्रवाह गरे । बंगलादेश र नेपालको आरक्षण प्रणाली, औचित्यता र प्रक्रिया नबुझी यस्ता अराजकता प्रस्तुत गर्नेहरुले सामाजिक मनोविज्ञानलाई केही प्रभाव पनि पारेको पाइन्छ ।
बंगलादेशको आन्दोलनलाई नेपालले नितान्त उसको आन्तरिक मामलाको रुपमा लिन जरुरी छ र लोकतन्त्रको पुनरबहालीको कूटनीतिक सन्देश प्रवाह गर्न जरुरी छ । तर, यसबाट भएको परिवर्तनले पार्ने भू–राजनीतिक प्रभावका बारेमा भने नेपालले बेलैमा सुरक्षा, छिमेक सम्बन्ध र शक्ति राष्ट्रहरुको सम्भावित प्रतिस्पर्धालाई आँकलन गरी आफ्नो असंलग्नता र पञ्चशीलका सिद्धान्तलाई बलिया ढंगले व्यवहारमा देखाउन जरुरी हुन्छ ।
बंगलादेशको आन्दोलन बंगलादेशको सरोकार र विषयमा हो । त्यहीँको एक दशकभन्दा लामो पृष्ठभूमिमा जन्मिएको हो । नेपालमा यसको सिको गर्नु वा गर्न खोज्नु अराजकता मात्र हुन्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस