Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनचलचित्र कलाकार संघ निर्वाचनमा होमियो

    चलचित्र कलाकार संघ निर्वाचनमा होमियो


    काठमाडौँ।नेपाल चलचित्र कलाकार संघको २१औं चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ ।यही जेठ ३ गते हुने निर्वाचनमार्फत संघले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।

    संघको अध्यक्ष पदका लागि अग्रज कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै उम्मेदवार आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उत्तम केसी नेतृत्वको प्यानलबाट उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र पूजना प्रधान, महासचिवमा सुनिल कटुवाल, सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजकुमारी खतिवडा तथा सह–कोषाध्यक्षमा गीता नेपाल शारदा उम्मेदवार रहेका छ ।

    यसै प्यानलबाट सदस्य पदमा कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर (बिजुली), प्रेम पाण्डे (पुण्यप्रसाद), दमन रूपाखेती, जीवन थापा, सामना सिटौला, लक्ष्मण चौलागाईं (खिम्ते काका), अनुमती नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाँल, इन्द्र दोङ (खम्बे), चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (संगम) र गोकुल सुवेदी चुनावी प्रतिस्पर्धामा छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    Techie IT