काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
उच्च स्रोतका अनुसार पुनले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको छ। यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पुनले उक्त पदबाट राजीनामा दिएपछि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडी सांसद निर्वाचित भएका थिए।
यसैबीच, गृहमन्त्री पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः नियुक्त हुने भएका छन्। गुरुङले पनि आजै मन्त्री पदको शपथ लिने सम्भावना रहेको स्रोतले जनाएको छ।
यससँगै मन्त्रिपरिषद्मा फेरबदल गर्दै प्रधानमन्त्री शाहले सरकारलाई थप प्रभावकारी बनाउने तयारी गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस