जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
ललितपुर/ १७ मङ्सिर, खिस्टियन समुदायको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (असेज वाव) ले ललितपुरको सुनाकोठीदेखि सिमाको चोक र बालकुमारी क्षेत्र वरिपरि “प्लास्टिकमुक्त २०४०” सरसफाइ गतिविधि सम्पन्न गरेको छ । ललितपुर महानगरपालिका वडा नं २७ का वडाध्यक्ष कृष्णहरि महर्जन प्रमुख अतिथि रहेको कार्यक्रममा सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्लीराम श्रेष्ठ, विकास तथा सुशासन समितिका संयोजक तथा नेपाल क्लबका अध्यक्ष निरोज महर्जन, प्रहरी वृत्त चापागाउँका प्रहरी नायब निरीक्षक भुवन अधिकारी र सिर्जनशीप सेवा प्रा.लि फोहोर मैला व्यवस्थापन समितिका संयोजक एल.पी दवाडी लगायत व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो । यही मङ्सिर १४ गते गरिएको “प्लास्टिकमुक्त २०४०” गोष्ठीलाई मूर्त रूप दिन यो सरसफाइ गतिविधि आयोजना गरिएको थियो । कार्यक्रममा सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्लीराम श्रेष्ठले वातावरण प्रदूषण एउटा गम्भीर समस्या रहेको र त्यो मध्ये प्लास्टिक प्रदूषणले गर्दा क्यान्सरजन्य रोगहरू पनि निम्त्याइरहेको र यसलाई समयमै नियमन गर्न युवाहरूले सुरुवात गरेको यो कार्य एकदमै सराहनीय रहेको कुरा बताउनुभयो । त्यसैगरी विकास तथा सुशासन समितिका संयोजक तथा नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले आफू पनि ललितपुर महानगरपालिका वडा नं २७ को युवा जनप्रतिनिधि रहेको र विशेष गरी युवाहरूसँग नै यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई एकदमै गौरवान्वित महसुस भएको कुरा बताउनुहुँदै देश विकास र विपद्को समयमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको कुरा बताउनुभयो। कार्यक्रममा असेज वावका सदस्य एलिसा मगरले भूमण्डलीय उष्मीकरण (जलवायु परिवर्तन) र वातावरण प्रदूषणको कारण पृथ्वीमा विभिन्न प्रकारका विपद्हरू निम्तिरहेकोले यसलाई न्यूनीकरण गर्नको निम्ति असेज ले विभिन्न किसिमका स्वयंसेवा गतिविधिहरू गर्दैआएको कुरा बताउनुभयो ।
बिहान ७:३० बजे सुरु भएको सरसफाइ गतिविधि वडा नं २७ को कार्यालय प्राङ्गणबाट सुरु भएर बालकुमारी चौर परिसरमा गएर सम्पन्न भएको थियो । गतिविधिमा जावलाखेल, गोदावरी, भैंसेपाटी, ग्वार्को, लुभु र सुनाकोठी क्षेत्रका करिब १०० जना असेज वाव युवा सदस्यहरू, प्रहरीहरू र वडाका स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो। गतिविधिमा २०० के.जी प्लास्टिकजन्य फोहोरहरू संकलन भएको आँकलन गरिएको छ।
असेज वाव भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको स्वयंसेवक समूह हो । असेज वनव भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने अर्थ रहेको छ। यस संस्थाद्वारा वृक्षारोपण सँगसँगै सहर तथा सडक सरसफाइ, नदी खोला तथा समुद्र सरसफाइ, प्लास्टिक फोहोरको टापू रोकथाम गतिविधि जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । यसको अतिरिक्त पानी बचत, ऊर्जा बचत, स्रोत बचत, प्रोजेक्टको एक हिस्साको रूपमा, ‘इमेल इनबक्स खाली गर्ने’, ‘कम्प्युटरको मनिटर र मल्टिप्लगहरू बन्द गर्ने’ जस्ता च्यालेन्जहरू पनि लगातार जारी भइरहेका छन् ।

प्लास्टिक प्रदूषण समाप्त गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप, विश्वभरि विभिन्न ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिहरू पनि भइरहेका छन् । नेपालमा पनि ललितपुर, काठमाडौं, लुम्बिनी, नेपालगन्ज जस्ता विभिन्न ठाउँहरूमा सरसफाइ गतिविधि गरिएको छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी
- ६ देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- ७ देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


तपाईको प्रतिक्रिया दिनुहोस