गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले चालु आर्थिक वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले वृद्धि गरिएको बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगत खर्चतर्फ २० अर्ब २ करोड ६१ लाख रुपैयाँ अर्थात् ६०.६८ प्रतिशत बजेट छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री शेरचनले जानकारी दिए।
बजेटका लागि आवश्यक स्रोत व्यवस्थापनअन्तर्गत नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ४ करोड ८२ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। यस्तै, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख तथा विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।
प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख रुपैयाँ जुटाउने लक्ष्य राखेको छ भने चालु आर्थिक वर्षको मौज्दातबाट २ अर्ब रुपैयाँ उपयोग गरिने जनाएको छ। बाँकी अपुग हुने १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने बजेटमा उल्लेख छ।
सरकारले पुँजीगत खर्चलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित बजेट ल्याएको जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस