Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रकाठमाडौँ महानगरको २५ अर्ब ८८ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित

    काठमाडौँ महानगरको २५ अर्ब ८८ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित


    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ नगर सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

    असार ४ गते सुरु भएको नगर सभा–१९ को चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेश गरेको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम राष्ट्रिय सभा गृहमा आज बसेको बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो ।

    पारित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत व्ययभार हुने तथा ७५ करोड रुपैयाँ बाह्य व्ययभारतर्फ विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।

    बैठकमा प्राप्त संशोधन प्रस्ताव र सुझावलाई समेट्दै सभाका अध्यक्षले निर्णयका लागि प्रस्तुत गरेको प्रस्ताव नगर सभा सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन् ।

    यसैबीच, विधायन समितिका संयोजक तथा वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले विभिन्न ऐन संशोधनसम्बन्धी प्रस्ताव सभामा पेश गरेका छन् । उनले ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद् व्यवस्थापन ऐन २०७७ को पहिलो संशोधन २०८३’ तथा ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ पेश गरेका हुन् ।

    उक्त ऐन संशोधन प्रस्ताव तथा अन्य विषयमाथि थप छलफल गर्न नगर सभाको पाँचौँ बैठक असार २३ गते मंगलबार दिउँसो ३ बजे बस्ने महानगरपालिकाले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भारतमा दुई महिनामै चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख…

    काठमाडौँ ।  भारतमा पछिल्लो दुई महिनामा चिनीको मूल्य करिब ४० प्रतिशतले बढेपछि सरकारले १० लाख मेट्रिक टन कच्चा चिनी भन्सार

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    सुनको मूल्य तोलामा ९ हजार ३ सयले बढ्यो, चाँदी पनि…

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९

    रास्वपाका सांसदको अभिव्यक्तिबारे पार्टीभित्र समीक्षा, विवादलाई सम्हालेर अघि बढ्ने रविको…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई

    ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

    ललितपुर, ३ भदौ: ललितपुर उद्योग वाणिज्य संघको आगामी आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारण सभा तथा नयाँ

    नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै

    काठमाडौं । नागको पूजाअर्चना गरी आज नागपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा

    Techie IT