गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान
ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज यहाँ आयोजित विशेष कार्यक्रमा डोजाका प्रशिक्षक गुरुहरुलाई सम्मान गदै खेलाडीहरुले पूर्णिमा मनाएका हुन् । डोजोले नियमित रूपमा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि बेल्ट टेस्ट तथा विशेष प्रशिक्षणहरू सञ्चालन गदै आएको छ। यस डोजोमा प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्योकुशिनकाइ कराते प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका छन्। गुरु पूर्णिमाको अवसरमा डोजोका सिनियर तथा जुनियर खेलाडीहरूले एकसाथ जम्मा भएर आफ्ना प्रशिक्षक गुरुहरूलाई आदरपूर्वक सम्मान गर्दै आशीर्वाद ग्रहण गरेका हुन् ।
खेलाडीहरुबाट सम्मान ग्रहणपश्चात मन्तव्य राख्नुहुँदै आईकेओ क्योकुशिनकाइ नेपालका ब्रान्चचिफ दिपक लामाले डोजोले राम्रो खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको वताउँदै यस डोजोमा प्रशिक्षण गर्ने खेलाडीहरुबाट विगतमा राम्रो खेल प्रदर्शन भएको वताउनुभयो। उहाँले यस डोजोमा प्रशिक्षण गर्ने खेलाडीहरुबाट कराते प्रतियोगितामा आगामी वर्ष अझै प्रगति हुने विश्वास व्यक्त गर्दै जुनसुकै राष्ट्रमा पनि पुगेर उत्कृष्ट खेल प्रदर्शन गर्न सफल हुने अवसर मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । गुरु पूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, मुख्य प्रशिक्षक समीर श्रेष्ठ, प्रशिक्षकद्वय सेन्सेइ उत्तम स्थापित र सेन्सेइ दिनेश स्याङ्तानलाई समेत खेलाडीहरुले सम्मान गरेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ६ अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
- ७ सिन्धु त्रिवेणीघाटको सम्भावना

तपाईको प्रतिक्रिया दिनुहोस