आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार बिहान देशभरि आंशिक बदली रहेको अवस्था छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए। बाँकी भूभागमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
त्यस्तै उच्च पहाडी भूभागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
मौसम पूर्वानुमान शाखाले जनाए अनुसार शुक्रबार राति सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ।
काठमाडौं उपत्यकामा पनि शुक्रबार अपराह्नको समयमा हल्का वर्षाको सम्भावना रहेको झाले बताए।
यद्यपि देशैभरि बिहीबारको तुलनामा शुक्रबार कम पानी पर्ने र शुक्रबारको तुलनामा शनिबार कम पानी पर्ने पूर्वानुमान रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस