उत्तर प्रदेशमा भीषण आँधी–वर्षा: ८९ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौँ । भारतको उत्तर प्रदेश मा आएको शक्तिशाली आँधी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ । राज्य विपद् व्यवस्थापन तथा राहत कार्यालयका अनुसार खराब मौसमका कारण हालसम्म ८९ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
यसका साथै ११४ वटा चौपायाको मृत्यु भएको र ८७ घरमा क्षति पुगेको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा तीव्र हावाहुरीका कारण रुख तथा ठूला विज्ञापन बोर्ड ढलेका देखिएका छन् । कतिपय रुख र बोर्ड सवारीसाधनमाथि खसेका छन् भने धुलो र भग्नावशेषका कारण सडक किनारका काठका पसलमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।
राज्य राहत विभागका एक अधिकारीका अनुसार अधिकांशको मृत्यु रुख ढल्दा तथा घरका पर्खाल भत्किँदा भएको हो ।
उत्तर प्रदेशका राहत आयुक्तले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आँधी, वर्षा, असिनापानी र चट्याङका घटनाबाट प्रदेशभर व्यापक क्षति भएको उल्लेख गरेका छन् ।
वक्तव्यअनुसार मुख्यमन्त्रीले सबै मण्डल आयुक्त र जिल्ला अधिकारीलाई प्रभावित परिवारलाई २४ घण्टाभित्र राहत रकम वितरण गर्न निर्देशन दिएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस