उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान
काठमाडौं/भदौ २५, यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।
काठमाडौँ चौपाया खरिद बिक्री व्यवसायी सङ्घका व्यवस्थापक जीवनराज खड्काले यसपालिको दसैँमा २२ देखि २३ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको जानकारी दिनुभयो । आर्थिक शिथिलताका कारण उपभोक्ताको आम्दानी कम हुँदा बजारमा खसीबोकाको माग धेरै नहुन सक्छ,” उहाँले भन्नुभयो, तै पनि गत वर्षकै हाराहारीमा खसीबोका खपत हुने देखिन्छ ।”
कोभिड हुनुभन्दा अगाडि दसैँमा उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने गरेकोमा पछिल्लो समय खपत क्रमिक रूपमा घट्दै गएको उहाँको भनाइ छ ।
हाल बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६५० देखि ६८० रुपियाँसम्म रहेको छ । तयारी मासु भने प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँ रहेको छ । खसीको मासुको मूल्य पनि गत वर्षकै हाराहारीमा रहेको छ । हाल कलङ्की खसी बजारमा दैनिक पाँच सयको सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन् ।
अन्य समयको तुलनामा दसैँको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन् । निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।
खाद्यले अठार सय खसीबोका बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले आगामी दसैँमा एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको जानकारी दिनुभयो । दसैँमा उपभोक्तालाई सहुलियतमा खसीबोका उपलब्ध गराउन खसीबोका खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । खसीबोका खरिद गर्न चार करोड रुपियाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो । कम्पनी हेटौँडा र तुलसीपुरबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । गत वर्ष कम्पनीले एक हजार ६५९ खसीबोका र ५४२ च्याङ्ग्रा बिक्री गरेको थियो । गत वर्ष प्रतिकेजी निर्धारित बजार मूल्यमा प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गरेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस