आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । केही दिनदेखि मौसम खराब छ । हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम खराब नै रहने पूर्वानुमान छ ।
शुक्रबार बेलुका भने हावाहुरीसहितको वर्षाले विभिन्न भूभागमा भौतिक तथा मानवीय क्षति भएको थियो।पछिल्लो चौबीस घन्टामा देशका अधिकांश भूभागमा वर्षा भएको छ।
“कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ,” मौसमविद् महर्जनले भनिन्, “यही ठाउँमा हावाहुरी चल्छ भनेर भन्न सकिँदैन, हिजो लुम्बिनीमा हावाहुरी चल्ने प्रणाली विकास भएर पूर्वसम्म पुगको थियो ।”
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि यही सिलसिला जारी रहनेछ ।
मधेस र कोसी प्रदेशको तराईका भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा रहेको विभागले बताएको छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । यस्तै, आज राति बागमती प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस