Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रदशैँ बिदापछि नेप्से १ सय ६० अङ्कले घट्याे

    दशैँ बिदापछि नेप्से १ सय ६० अङ्कले घट्याे


    काठमाडौँ । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ ।आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५  विन्दुमा पुगेर रोकिएको छ । कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो ।

    ९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

    आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७  लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।आज सबै समूहको शेयर घटेकोमा होटल र अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरै तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

    आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ…

    काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको

    नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड…

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले

    सुन तोलामा रु १,९०० र चाँदी रु ४० ले महँगियो

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु १,९००

    Techie IT