एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपामा प्रवेश गरे
रौतहट, २९ चैत ।रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साह सहित वडा न. ४ को अध्यक्ष रामप्रवेश पटेल, वडा न.-९ को वडा अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरु आजपामा प्रवेश गरेका छन् ।
आजप अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराउदै स्वागत गरेका छन् ।
विभिन्न गाउँघरमा भेटघाट गर्दै मुलुक, जनता सहित स्थानीयको समस्या लगायत विभिन्न बिषयमा छलफल गर्दै अगाडी बढिरहेका आजपा अध्यक्ष साहले आज देवाहिगोनाहीमा भेटघाट गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस