बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन जनाले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दिनेमा प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकाल रहेका छन्।
अशिम शाहले मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दर्ता गरेका छन् भने सुदीप ढकालले खुलातर्फ केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। यस्तै, प्रकृति ढकालले खुला महिलातर्फबाट उम्मेदवारी दिएकी छन्।
रास्वपाको आगामी नेतृत्व चयनलाई लक्षित गर्दै सचिवालयसँग निकट रहेका व्यक्तिहरूको उम्मेदवारीलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस