विश्व चीनमा भूकम्प– १११ जनाको मृत्यु, २०० बढी घाइते
काठमाडौं– चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ। भूकम्पबाट २०० भन्दा बढी घाइते भएका बताइएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११:५९ बजेतिर ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ। यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ।
भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ। भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ।

रेलवे प्राधिकरणले भूकम्प प्रभावित क्षेत्र भएर चल्ने मालवाहक तथा यात्रुवाहक रेलहरु सञ्चालनमा रोक लगाएको छ। रेलवे लिकको जाँच गर्न थालिएको समाचारमा बताइएको छ।
भूकम्प प्रभावित क्षेत्रमा तापक्रम घट्दो क्रममा रहेका कारण जनजीवन झन् प्रभावित भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको खोज तथा उद्धार, राहत र घाइतेहरुको उपचारमा सम्पूर्ण शक्ति परिचालन गर्ने निर्देशन दिएका थिए।
यसअघि गत सप्टेम्बरमा पनि चीनमा भूकम्प गएको थियो। सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस