राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार अर्याललाई नियन्त्रणमा लिएर पासपोर्ट आपूर्तिसम्बन्धी विषयमा बयान लिइरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार पासपोर्ट खरिद तथा आपूर्तिसँग सम्बन्धित विषयमा आवश्यक सोधपुछका लागि अर्याललाई नियन्त्रणमा लिइएको हो। “हाल सोधपुछको प्रक्रिया जारी छ,” स्रोतले भन्यो, “अख्तियारको टोलीले सोमबार साँझ विभागबाट सम्बन्धित कागजातहरू समेत संकलन गरेको थियो।”
यसैबीच, महानिर्देशक अर्याल सोमबार प्रधानमन्त्री कार्यालय पुगेका थिए। प्रधानमन्त्रीसँग भेटघाट गर्ने उद्देश्यले उनी प्रधानमन्त्री कार्यालय गएको बताइएको छ। अख्तियारले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन भने अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस