१ करोड ६० लाख कारोबारसंगै तेश्रो हर्टीकल्चर एक्स्पो सम्पन्न ।
काठमाडौँ । पांच दिनसम्म काठमाडौको भृकुटीमण्डपमा जारी चलेको नेशनल हर्टीकल्चर एक्स्पो २०८२ १ करोड २५ लाखको कारोबारसगै सम्पन्न भएको छ । नर्सरी व्यवसायी सघ नेपालले आयोजना गरेको तेश्रो नेशनल हर्टीकल्चर २०८२ चैत्र १९ बिहिवार देखि २३ गते शुक्रबारसम्म चलेको थियो । नर्सरी व्यवसायी सघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा एक्स्पो संयोजक रबिन कुमार गौतमले तेस्रो हर्टीकल्चर एक्स्पोमा १ करोड ६० लाख बढीको कारोबार भएको जानकारी गराउनु भयो ।
गौतमका अनुसार पाच दिने एक्स्पोमा ५२ हजार बढीले एक्स्पो अवलोकन गरेका थिए । समापन कार्यक्रममा बोल्दै रास्वपा महामन्त्री तथा सासद कबिन्द्र बुर्लाकोटीले शहरीकरण हुँदै गर्दा नर्सरी बिधा महत्त्वपूर्ण हुने बताउनुभयो । नेता बुर्लाकोटीले नर्सरी बिधाले रोजगारी सृजना गर्ने बताउदै सरकारले चाहेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले नर्सरी बिधामा विविध समस्या रहेकाले नया सरकारले सम्बोधन गर्नेमा आशावादी रहेको बताउनु भयो ।
नर्सरी क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बृहत् प्रदर्शने र नर्सरी व्यवसायलाई व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित एक्स्पोको निरन्तरता रहेको तिमिल्सिनाको भनाई छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रदर्शनीमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहेको थियो । पुस्प ,फलफूल ,कृषिबन, जडिबुटीका सयौ भेराईटीका साथै निशुल्क परामर्श समेत दिइएकोले अवलोकनकर्ताहरुको उल्लेख्य वृद्धि भएको सघको भनाई छ ।
एक्स्पोमा ६५ ओटा स्टलहरुमा विभिन्न प्रजातीका नर्सरी जडिबुटी फुल बिरुवाहरु प्रदर्शन गरिएको थियो
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- २ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ३ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ४ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ५ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

तपाईको प्रतिक्रिया दिनुहोस