Techie IT
  • The Film Nepal
  • २०८३ असार ३ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारपञ्चमहालक्ष्मी मन्दिर परिसर (श्रीवन धाम) मा सञ्चालित श्रीमद्भागवद् पितृमुक्ति महायज्ञ–२०८३ समापन

    पञ्चमहालक्ष्मी मन्दिर परिसर (श्रीवन धाम) मा सञ्चालित श्रीमद्भागवद् पितृमुक्ति महायज्ञ–२०८३ समापन


    मुना न्यौपाने ,काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ स्थित श्री पञ्चमहालक्ष्मी मन्दिर परिसर (श्रीवन धाम) मा सञ्चालित श्रीमद्भागवद् पितृमुक्ति महायज्ञ–२०८३ आजदेखि समापन हुँदैछ । पितृहरूको मोक्ष र शान्तिको कामना गर्दै आयोजना गरिएको यस महायज्ञमा हजारौँ भक्तजनहरूले सहभागी भई पितृ तर्पण र पूजा अर्चना गरेका थिए।

    अनन्त श्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबाज्यू)को सत्संकल्पमा आयोजित महायज्ञमा स्वामी कमलनयनाचार्यज्यूको उपस्थितिमा पूर्णाहुति र महाप्रसाद वितरणसँगै महायज्ञ सफलतापूर्वक सम्पन्न भएको श्री महायज्ञ सम्पादन मूल समितिले जनाएको छ ।

    यसैबीच, काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं. ५, ईटाखेल मा नयाँ वर्षको सुरुवातसँगै सुरु भएको ‘श्री नेपालआमा राष्ट्रिय महायज्ञ–२०८३’ भव्य रूपमा सञ्चालन भइरहेको छ। वैशाख १ गतेदेखि सुरु भएको यो महायज्ञ आगामी वैशाख १५ गतेसम्म चल्नेछ।

    राष्ट्रिय भावना जागृत गराउने र मुलुकको समग्र कल्याणको लक्ष्य राखिएको यस महायज्ञमा दैनिक रूपमा आध्यात्मिक प्रवचन, हवन र भजन कीर्तन भइरहेका छन्। महायज्ञमा काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रबाट दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने गरेको छ। दिवङ्गत जिवात्माहरुको भगवतधाम प्राप्तीको लागि कामना गर्दै श्री नेपालआमा एवं देवपिृतको प्रसन्नताद्वारा राष्ट्रशान्ति र सुसमृद्धिको कामनासहित जल, प्रकृति, पर्यावरण र समस्त प्राणी मात्रको कल्याणको लागि महाज्ञत आयोजना गरिएको महायज्ञ संयोजक श्रीमती दयालक्ष्मी कटुवालले बताइन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    Techie IT