अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबिच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको हो ।
अर्थमन्त्रीले नेपालको सार्वजनिक वित्त संकटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा हामी सबैको सामूहिक परीक्षण हुने जानकारी गराए ।राज्यको अनिवार्य दायित्व १३३० अर्ब र राजस्व ११८० अर्ब रहेको अवस्थामा नागरिकका आकाङ्क्षाहरू सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए ।
अर्थसचिव घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणका लागि निर्णय गरेको, वहुवर्षीय ठेक्काको स्रोत सहमतिको समय सीमा परिवर्तनलगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल समेतको सहभागि भएका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ३ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ पश्चिमी न्यून चापीय प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना
- ६ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि
- ७ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स

तपाईको प्रतिक्रिया दिनुहोस