आजदेखि पुनः १४.२ केजीको भरी एलपी ग्यास बिक्री सुरु, मूल्य यथावत् २,०६० रुपैयाँ
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते)देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण सुरु गरेको छ। ग्यासको आपूर्ति सहज बनेपछि पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।
भारतबाट ग्यास आयातमा समस्या उत्पन्न भएपछि निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी (आधा) ग्यास भरेका सिलिन्डर मात्र बिक्री–वितरण गर्दै आएको थियो। हाल आयात अवस्था सहज भएसँगै बजारको मागलाई ध्यानमा राखेर पुनः १४.२ केजीको भरी सिलिन्डर बिक्री सुरु गरिएको निगमले जनाएको छ।
निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजीको आधा सिलिन्डर र १४.२ केजीको भरी सिलिन्डर दुवै प्रकारका ग्यास सिलिन्डर उपलब्ध हुनेछन्।
उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग जाँच गरेर मात्र खरिद गर्न तथा आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न निगमले आग्रह गरेको छ। सहज र नियमित आपूर्तिका लागि सबै उपभोक्ताको सहयोग आवश्यक रहेको निगमले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस