Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठखेलकुदटी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने


    काठमाडौँ ।आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ ।

    अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ ।

    यस छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुने छन् । नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो । एसियाली छनोटबाट थाइल्याण्ड र नेपाल छानुत भएका थिए भने अमेरिका क्षेत्रीय छनोटबाट अमेरिका छनौट भएको छ । त्यस्तै २०२४ मा आईसीसी महिला विश्वकपमा सहभागिता जनाएकाले बंगलादेश र आयरल्याण्डले सिंधैं ग्लोबल छनोट खेल्ने छन् । त्यसैगरी अफ्रिका र युरोपबाट ग्लोबल छनौट खेल्ने २-२ तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट एक देशको टुंगो लाग्न बाँकी रहेको छ ।

    १० देशलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने देश विश्वकपमा छनौट हुने छन् । आइसिसीले प्रतियोगिताको खेल तालिका पछि सार्बजनिक गर्ने बताएको छ ।

    इङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी महिला टी-२० विश्वकप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ ।

    यस्तै, क्षेत्रीय छनोट अन्तर्गत एसियाबाट थाइल्यान्ड र नेपाल, अमेरिकाबाट अमेरिका, अफ्रिका र युरोपली छनौटबाट समान २ टोली तथा पूर्वी एसिया–प्रशान्त छनोटमा १ टोलीले ग्लोबल छनौट खेल्ने छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    Techie IT