Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारचिसिंदो छ मौसम,आज देशभर कस्तो होला ?

    चिसिंदो छ मौसम,आज देशभर कस्तो होला ?


    काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।वाग्मती, गण्डकी र कोसी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र कोसी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    वाग्मती, गण्डकी र कोसी प्रदेशमा आंशिक रूपमा बादल लाग्नेछ । तराईका केही स्थानमा आज हुस्सु र कुहिरो लाग्नेछ ।काठमाडौं उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ । विभागका अनुसार काठमाडौंमा वर्षाको सम्भावना छैन । यद्यपि, दिनभर बादल भने लाग्नेछ ।

    काठमाडौंमा बिहान पौने ६ बजेको न्यून्तम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।पश्चिमी वायुको प्रभाव भने कमजोर भइसकेको विभागले बताएको छ । आंशिक प्रभाव बाँकी रहे पनि पानी  पार्ने प्रणाली भने बाहिरिसकेको र केही बादल बाँकी रहे पनि त्यसले वर्षा नगराउने विभागले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा

    विश्व वातावरण दिवस आज : जलवायु कार्यमा जोड, वातावरण संरक्षणमा…

    काठमाडौँ । विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा यो

    पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली

    टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर

    Techie IT