काठमाडौं।नेपाली कांग्रेसले उम्मेदवारका लागि मापदण्ड बनाएर प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा परिपत्र गरेको छ।माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।त्यसका लागि पार्टीका तल्ला निकायबाट उम्मेदवार आकांक्षीको नाम मागेर सिफारिस गर्न कांग्रेसले भनेको छ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले गरेको परिपत्रमा उम्मेदवारको मापदण्डसमेत उल्लेख गरिएको छ। जसमा पार्टीलाई लेवी नबुझाउनेलाई कुनै पनि तहको उम्मेदवार नबनाउने कुरा समावेश छ।
कांग्रेसले प्रत्येक क्षेत्रबाट ३ जना आकांक्षी उम्मेदवारको नाम मात्रै सिफारिस गर्न भनेको छ।जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएकाहरू उम्मेदवार बन्न नपाउने कांग्रेसको मापदण्डमा उल्लेख छ।
२०७९ को चुनावमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद बनेका तथा बन्द सूचीमा नाम रहेकाहरूलाई पनि कांग्रेसले यसपालि उम्मेदवार नबनाउने भएको छ।साथै २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइने छैन भनेर कांग्रेसले परिपत्र पनि गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस