Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीबागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता

    बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता


    ललितपुर/२२ पुस : बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता  कार्यशाला सुरु भएको छ ।
    बागमती प्रदेश सरकारकाे माताहातकाे सञ्चार रजिस्ट्रार कार्यालयद्वारा आज साेमबारदेखि सामुदायिक विद्यालयका विद्यार्थीलाई चलचित्र साक्षरता कार्यशाला सञ्चालन गरिएको प्रदेश सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी गराउनुभयाे ।
    “सामुदायिक बिद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत बिद्यार्थी र ती बिद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन थालिएकाे छ, आजदेखि ललितपुरको जावालाखेलस्थित आफनै कार्यालयमा कार्यशाला सुरु भएको छ, सुरुमा पाँच वटा सामुदायिक बिद्यालयका २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराएका छाैं, याे कार्याशाला पाँच दिनसम्म हुनेछ ।” उहाँले भन्नुभयो ।
    आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको  रजिस्ट्रार सापकोटाले जानकारी गराउनुभयाे ।
    बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौका चार वटा सामुदायिक बिद्यालय र भक्तपुरको एक सामुदायिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षक सहभागी छन् ।
    सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार शिक्षक र बिद्यार्थीलाई चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभुत शिक्षा सिक्नेछन् । यो कार्यशालामा फरक फरक बिधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका,अभिनय, छायाँकन, सम्पादन, बजारीकरण र वितरणको आधारभुत ज्ञान र सीप सिकाइने सञ्चार रजिष्ट्रार सापकोटाले बताउनुभयो । कार्यशालामा फरक फरक पृष्ठभूमि, रुची र क्षमता भएका बिद्यार्थी सहभागी छन् । बिद्यालयमा जाडो बिदाको वेला पारेर बिद्यार्थी र शिक्षकलााई अतिरिक्त सीप र ज्ञान सिकाउन लागिएको हो । 
    सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी शुक्रबार अपरान्ह बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन हुनेछ ।
    कार्यशालामा काठमाडौंका रत्नराज्य माध्यमिक विद्यालय, भीमसेनगाेला माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका साथै भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु र ५ जना शिक्षकहरु सहभागी रहेको रजिस्ट्रार सापकोटाले जानकारी गराउनुभयाे । कार्यशाला विहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    Techie IT